मानव तस्करीको अभियोगमा द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पक्राउ

काठमाडौँ, २५ माघ – प्रहरीले कलाकार तथा चलचित्रका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई पक्राउ गरेको छ दक्षिण कोरियामा विभिन्न नाटक, वृत्तचित्र र चलचित्र बनाउने भनी कलाकारका नाममा विभिन्न व्यक्तिलाई पठाई उतै लुक्न लगाउने गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले खड्गीलाई आज ठमेलबाट पक्राउ गरेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो काठमाडौँ जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पाँच दिनका लागि म्याद थप भई खड्गीमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ केही दिनअघि विभिन्न कार्यक्रमका नाममा ११ जना व्यक्तिलाई गैरकानूनीरुपमा दक्षिण कोरिया लगी छोडेको आरोपमा ब्यूरोले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?