३ गोली शिरमा लाग्दा पनि गाई नमरेपछि गोली हान्ने व्यक्ति नै डराए

काठमाडौं । कहिले काहिँ हामीले अनौठा खबरहरु सुन्दै आएका छौँ । जसलाई हामी विश्वस गर्न पनि सक्दैनौँ त्यस्ता घटनाहरु पनि हामीले सुन्दै र पढ्दै आएका छौँ ।

यस्तै एउटा घटना थाइल्याण्डमा पनि भएको छ । थाईल्याण्डमा एक किसानले आफ्नो पारम्परिक फेस्टमा मार्नको लागि गाई किनेर ल्याएका थिए ।

उक्त व्यक्तिले गाईको टाउकोमा तीन गोली हान्यो पनि तर गाईलाई केहि असर भएन । ४३ वर्षीय सोमपोर्न नाजिनले केहि दिन अगाडि पारम्परिक फेस्टका लागि एउटा गाई किनेर ल्याएका थिए ।

उक्त व्यक्तिले २२ एमएम ह्यान्डगनले गाईलाई तीन वटा गोली हान्यो । तर गाई जीवितै खडा भईरह्यो । गाई जीवितै भएपछि उक्त व्यक्ति छुरा लिन गए तर उनी छुरा लिएर आउँदा गाई त्यहाँबाट बेपत्ता भईसकेको थियो । र १५ दिन पछि मात्र गाई फर्किएर आएको थियो ।

डेली मेलका अनुसार सोमपोर्नले १५ दिन पछि सोहि ठाउँमा गाई आएको बताएका थिए । उक्त व्यक्तिले गाई आएको देखेपछि फेरी गोली हानेको बताए तर त्यसबेला पनि केहि नभएपछि उनले गुड लक मानेर पाल्न थाले ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?