काठमाडौं । कोरोना भाइरसका कारण विश्वमा मृत्युको ताण्डव मच्चिएको छ । ३१ डिसेम्बर सन् २०१९ मा चीनको वुहान शहरमा फेला परेको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १ लाख ७१ हजार ७९६ जनाको ज्यान गएको छ भने २५ लाख ३ हजार ३८५ जनलाई संक्रमण भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई खुलेआम धम्की दिएपछि जर्मनीले कोरोना भाइरसबाट आफ्नो देशमा भएको नोक्सानको बिल भरपाई गर्नको लागि १४९ बिलियन युरो (१३० बिलियन पाउण्ड) को बिल पठाएको छ ।
जर्मनीको सबैभन्दा ठूलो ट्याब्लाइट पत्रिका बिल्डले जर्मनी सरकारले कोरोनाको जड चीन भएको भन्दै नोक्सानको बिल चीनलाई पठाएको बताएको छ ।
कोरोना भाइरसको महामारीका कारण युरोपमा मात्र १ लाख भन्दा धेरैको ज्यान गएको छ । त्यसैले चीनसँग युरोपीय देशहरु रुष्ट बनेका छन् ।
जर्मनीमा कोरोना भाइरसका कारण ४ हजार ८६२ जनाको ज्यान गएको छ भने १ लाख ४७ हजार १०३ जनालाई संक्रमण भएको छ ।
कोरोनाको अत्याधिक प्रकोप अमेरिका, स्पेन, इटाली र फ्रान्समा रहेको छ । त्यसकै कारण जर्मनीले रिसाएर चीनलाई आफ्नो देशमा कोरोना भाइरसका कारण भएको क्षति तथा नोक्सानको भरपाई गर्नका लागि बिल पठाएको हो ।
जर्मन सरकारले चीनले समयमै त्यसबारेमा जानकारी गराएको भए युरोपमा १ लाख मानिसहरुले ज्यान गुमाउनु नपर्ने भन्दै उक्त भरपाईको बिल चीनलाई पठाएको हो ।
कोरोना भाइरसको महामारीका कारण जर्मनीमा घरेलू उत्पादनमा ४.२ प्रतिशतले गिरावट आएको छ । यो राशि प्रति व्यक्तिलाई १,७८४ युरो (१,५५० पाउण्ड) भागमा पर्न जान्छ ।
जर्मनीले उक्त बिलमा नौक्सानको विवरण पनि खुलाएको छ । जर्मनीका अनुसार अहिलेसम्म ४ हजार ८६२ जनाको ज्यान गए पनि त्यो बाहेक आफूलाई पर्यटन राजस्वमा २७ बिलियन युरो, फिल्म इण्डस्ट्रीमा ७.२ बिलियन युरो, र जर्मन एयरलाइन्स र साना उद्योगहरुमा गरेर ५० बिलियन युरोको नोक्शान भएको बिल चीनलाई पठाएको हो ।
जर्मनीले बिल चीन पठाएसँगै अमेरिकाले एक जाँच टिम चीन पठाउने तयारी गरेको छ । अमेरिकाले चीनले कोरोना भाइरसको महामारी फैलाएको हो वा होइन, भन्ने बारेमा पत्ता लगाउनका लागि उक्त टिम चीन पठाउन लागेको बताइएको छ ।
उनले पत्रकार सम्मेलनमा यदि चीनले कोरोना भाइरसको प्रकोप फैलाएको पाइएमा त्यसको परिणाम राम्रो नहुने धम्की यस अगाडि नै दिईसकेका छन् ।
ट्रम्पले भने, ‘अमेरिकाले चीनले ल्याबबाट कोरोनाको महामारी फैलाएको हो वा होइन भन्नेबारेमा पत्ता लगाउन एक टिमलाई पठाउँदैछ, त्यहाँबाट आखिर कसरी कोरोनाको महामारी फैलियो र वास्तविक सत्य के हो भन्ने बारेमा उक्त टिमले अनुसन्धान गर्नेछ ।’
चीनले आफ्नो तर्फबाट बारम्बार आफूले कोराना भाइरस नफैलाएको बताउँदै आइरहेको छ । साथै वुहानको ल्याबबाट कोरोना फैलिएको आरोपमाथि वुहानको ल्याबका इन्चार्जले पनि वुहानमा कुनै पनि भाइरस नबनाइएको बताइसकेका छन् ।
यसअघि लोकपथ डटकममा प्रकाशित यो समाचार पढ्नुहोस् त्यसका लागि आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
‘डब्ल्युएचओ’लाई कोरोनाबारे सूचना जनावरीमै दिएको चीनको दाबी
उत्तर कोरियाका शासक किम जोंग उनको स्वास्थ्य अवस्था गम्भीर
अदृश्य दुश्मनको हमला भन्दै राष्ट्रपति ट्रम्पले गरे अमेरिकावासी विदेशीका लागि ‘बोल्ड’ निर्णय
‘एन्टीबडी टेस्ट’बाट खुल्यो रहस्य, डब्ल्युएचओले दियो यस्तो चेतावनी !
ठाउँ बदल्दै महामारी : पानीमा पनि भेटियो कोरोना भाइरसको संक्रमण !
भारतमा एकै परिवारका २६ जनालाई कोरोना संक्रमण
कोरोना भाइरसका बीच अमेरिकामा एकपछि अर्को खतरा ! ‘हाई अलर्ट’ जारी
‘सेप्टेम्बर’सम्म कोरोनाविरुद्धको औषधि बनिसक्ने वैज्ञानिकको दाबी
११ वर्ष अगाडिदेखि थालिएको थियो कोरोनाको अनुसन्धान, यसरी मच्चियो हाहाकार !
यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?
कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या
नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !
रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने
कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?
के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !
‘डब्ल्युएचओ’विरुद्ध खनिए राष्ट्रपति ट्रम्प, गरे अप्रत्यासित निर्णय
कोरोना महामारीका बीच जापान सागरमा उत्तर कोरियाले हान्यो मिसाइल
दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
कोरोना भाइरसबाट बच्न उत्तर कोरियाले दियो आफ्ना नागरिकलाई यस्तो सल्लाह
चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन
कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !
पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल
कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’
थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण
वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया