आफ्नो राशि कुन हो भनेर अलमलमा हुनुहुन्छ ?, कसरी थाहा पाउने ?

१. मेष : जन्मको समयमा तपाईको नाम अश्विनी,भरणी र कृत्तिका नक्षत्रको एकपाउ अर्थात (चू चे चो ला ली लू ले लो अ) यी नौ वटा अक्षरबाट आएको छ भने तपाई मेष राशिको पर्नुहुनेछ ।

यी नाम उच्चारण हुने सवै व्यक्ति,प्राणीहरु तथा ठाउँहरु मेष राशिमा पर्दछन् । मेष राशिको स्वामी मंगल (भौम) ग्रह हो ।

२. वृष : जन्मको समयमा तपाईको नाम कृत्तिकाको बाँकी तीन पाउ रोहिणी,मृगशिराको दुई पाउ अर्थात (ई ऊ ए ओ बा बी बू बे बो) यी नौ वटा अक्षरबाट बाट आएको छ भने तपाई वृष राशिको पर्नुहुनेछ ।

यी नाम उच्चारण हुने सवै व्यक्ति,प्राणीहरु तथा ठाउँहरु वृष राशिमा पर्दछन् । वृष राशिको स्वामी शुक्र ग्रह हो ।

३. मिथुन : जन्मको समयमा तपाईको नाम बाँकी मृगशिराको दुई पाउ,आर्दा र पुनर्वसुको तीन पाउ अर्थात (का की कू घ ङ छ के को हा) यी नौ वटा अक्षरबाट बाट आएको छ भने तपाई मिथुन राशिको पर्नुहुनेछ ।

यी नाम उच्चारण हुने सवै व्यक्ति, प्राणीहरु तथा ठाउँहरु मिथुन राशिमा पर्दछन् । मिथुन राशको स्वामी बुध ग्रह हो ।

४. कर्कट : जन्मको समयमा तपाईको नाम पुनर्वशुको बाँकी एक पाउ,तिष्य,अश्लेषा अर्थात (ही हू हे हो डा डी डु डे डो) यी नौ वटा अक्षरबाट बाट आएको छ भने तपाई कर्कट राशिको पर्नुहुनेछ ।

यी नाम उच्चारण हुने सवै व्यक्ति,प्राणीहरु तथा ठाउँहरु कर्कट राशिमा पर्दछन् । कर्कट राशिका स्वामी चन्द्रमा हुन् ।

५. सिंह : जन्मको समयमा तपाईको नाम मेघा, पुर्वफाल्गुनी र उत्तराफाल्गुनीको एक पाउ अर्थात (मा मी मू मे मो टा टी टू टे) यी नौ वटा अक्षरबाट बाट आएको छ भने तपाई सिंह राशिको पर्नुहुनेछ ।

यी नाम उच्चारण हुने सवै व्यक्ति,प्राणीहरु तथा ठाउँहरु सिंह राशिमा पर्दछन् । सिंह राशिका स्वामी सुर्य ग्रह हुन् ।

६. कन्या : जन्मको समयमा तपाईको नाम उत्तरफाल्गुनीको बाँकि तीन पाउ,हस्ता र चित्रा नक्षत्रको दुई पाउ अर्थात (टो पा पी पू ष ण ठ पे पो) यी नौ वटा अक्षरबाट बाट आएको छ भने तपाई कन्या राशिमा पर्नुहुनेछ

। यी नाम उच्चारण हुने सवै व्यक्ति, प्राणीहरु तथा ठाउँहरु सबै एकै कन्या राशि भित्र पर्दछन् । बुध ग्रह कन्या राशिका स्वामी हुन् ।

७. तुला : जन्मको समयमा तपाईको नाम चित्रा नक्षत्रका बाँकि दुई पाउ,स्वाती, विशाखाको तीन पाउ अर्थात (रा री रू रे रो ता ती तू ते) यी नौ वटा अक्षरबाट बाट आएको छ भने तपाई तुला राशिमा पर्नुहुनेछ ।

यी नाम उच्चारण हुने सवै व्यक्ति, प्राणीहरु तथा ठाउँहरु एकै तुला राशिमा पर्दछन् । तुला राशिका स्वामी शुक्र ग्रह हुन् ।

८. वृश्चिक : जन्मको समयमा तपाईको नाम बाँकी बिशाखाको एक पाउ,अनुराधा र ज्येष्ठा अर्थात (तो ना नी नू ने नो या यी यू) यी नौ वटा अक्षरबाट बाट आएको छ भने तपाई वृश्चिक राशिमा पर्नुहुनेछ ।

यी नाम उच्चारण हुने सबै व्यक्ति, प्राणीहरु तथा ठाउँहरु वृश्चिक राशि भित्र पर्दछन् । वृश्चिक राशिका स्वामी मंगल (भौम) ग्रह हुन् ।

९. धनु : जन्मको समयमा तपाईको नाम मूल, पूर्वषाढा, उत्तरषाढाको एक पाउ अर्थात (ये यो भा भी भू धा फा ढा भे) यी नौ वटा अक्षरबाट आएको छ भने तपाई धनु राशिमा पर्नुहुनेछ ।

यी नाम उच्चारण हुने सबै व्यक्ति, प्राणीहरु तथा ठाउँहरु धनु राशिमा पर्दछन् । धनु राशिका स्वामी बृहस्पती ग्रह हुन् ।

१०. मकर : जन्मको समयमा तपाईको नाम उत्तरषाढाको बाँकी तीन पाउ श्रवण र धनिष्ठाको दुई पाउ अर्थात (भो जा जी खी खू खे खो गा गी) यी नौ वटा अक्षरबाट बाट आएको छ भने तपाई मकर राशिमा पर्नुहुनेछ ।

यी नाम उच्चारण हुने सबै व्यक्ति, प्राणीहरु तथा ठाउँहरु एकै मकर राशिमा पर्दछन् । मकर राशिको स्वामी शनिश्चर ग्रह हो ।

११. कुम्भ : जन्मको समयमा तपाईको नाम बाँकी धनिष्ठा नक्षत्रका दुई पाउ,शतभिषा र पुर्वभाद्रपदाका तीन पाउ अर्थात (गू गे गो सा सी सू से सो दा) यी नौ वटा अक्षरबाट बाट आएको छ भने तपाई कुम्भ राशिमा पर्नुहुनेछ ।

यी नाम उच्चारण हुने सबै व्यक्ति, प्राणीहरु तथा ठाउँहरु कुम्भ राशि भित्र पर्दछन् । कुम्भ राशिका स्वामी पनि शनि ग्रह नै हो ।

१२. मीन : जन्मको समयमा तपाईको नाम पूर्वभाद्रपदा नक्षत्रको बाँकी एक पाउ,उत्तराभाद्रपदा र रेवती अर्थात (दी दू थ झ ञ दे दो चा ची) यी नौ वटा अक्षरबाट बाट आएको छ भने तपाई धनु राशिमा पर्नुहुनेछ ।

यी नाम उच्चारण हुने सवै व्यक्ति, प्राणीहरु तथा ठाउँहरु मीन राशिमा पर्दछन् । मीन राशिका स्वामी बृहस्पती ग्रह हुन् ।

ज्यो.दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?