भारतमा आरडीटी स्थगित, नेपालमा विवादका बीच पनि धमाधम चल्दै

काठमाडौं । भारतमा कोरोनाको दूत परीक्षण भनिने आरडीटी परीक्षण स्थगित भएको छ । गलत रिपोर्ट धेरै आएको गुनासो बढेपछि र्‍यापिड टेष्ट किट्सबाट गरिने परीक्षण दुई दिनका लागि स्थगित गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले राज्यहरुलाई त्यस्तो बिधिबाट परीक्षण रोक्न मंगलबार निर्देशन दिएको बताइएको छ ।

यता नेपालमा भने र्यापिड टेष्ट धमाधम भइरहेको छ । कतिपयले यो परीक्षणको औचित्य नभएको भन्दै विरोध गर्दै आएका छन् । तर सरकारले यो आरोपको बचाउ गर्दै आएको छ । मंगबारसम्ममात्रै नेपालमा झण्डै २८ हजार जनामा आरडीडी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?