काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) अहिलेसम्म नेपालको पाँच वटा प्रदेशमा देखा परेको छ । मंगलबारसम्म नेपालमा ४२ जना कोरोना संक्रमित देखा परेका छन् । मंगलबार उदयपुरमा थप ११ जनामा कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको हो । केही दिनअघि उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसको केहीदिनपछि मस्जिद वरपरका गाँउको ११ जनामा समेत कोरोना संक्रमण देखिएको छ । योसँगै उदयपुर जिल्लामा मात्र २४ जना कोरोना संक्रमित देखिएका छन् । अझै केहीको रिपोर्ट केही बेरमा आउनेछ ।
नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था हेर्दा उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा बढी जोखिम देखिएको छ । पहिला मस्जिदमा देखियो अहिले आसपासका छिमेकीमा जब ति संक्रमितका परिवारको पनि परिक्षण गर्नुपर्ने अवस्था छ ।
कोरोना संक्रमणको पछिल्लो अवस्था हेर्दा प्रदेश १ र प्रदेश २ मा अझ वढी जोखिम देखिएको छ । जोखिम यो कारणले पनि छ की उदयपुर र विरगञ्जमा पछिल्लो समय कोरोना संक्रमण देखिएकाहरु मस्जितमा लुकिरहेको अवस्थामा प्रहरीले स्वाब परीक्षण गरे पश्चात घटना बाहिर आएको हो ।
अहिलेसम्म प्रदेशको आधारमा प्रदेश नम्बर १ , प्रदेश नम्बर २, बाग्मती प्रदेश , गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमित देखा परेका छन् । जसमा प्रदेश १ मा २४ जना (उदयपुर) , प्रदेश २ मा ४ जना (विरगञ्ज ३) , (रौतहट १ ) , बाग्मती प्रदेश मा ७ जना (काठमाडौ ५, चितवन २ ), गण्डकी प्रदेश २ जना (बागलुङ ) र सुदुरपश्चिम प्रदेशमा ५ जना (कैलाली ४ , कञ्चनपुर १ ) गरी अहिले नेपालमा ४२ जना कोरोना संक्रमित देखिएका छन् । यस्तै कर्णाली प्रदेश र प्रदेश नम्बर ५ मा भने अहिलेसम्म कोरोना संक्रमित फेला परेका छैनन् ।
नेपालमा रहेका अधिकांश कोरोना संक्रमित विदेशबाट आएका हुन् तर सुदुरपश्चिम प्रदेशमा भने एकजना संक्रमित भने आफन्तबाट कारोना संक्रमण भएको पाइएको थियो । भने उदयपुरको त्रियुगा नगरपालिकामा पनि मस्जिदमा बस्नेले फैलाएको कोरोना अहिले स्थानीयमा समेत संक्रमण देखिएको छ । नेपालमा ४२ कोरोना संक्रमितमध्य ५ जना उपचारपछि घर फर्किसकेका छन् । भने बाकी उपचाररत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया