लकडाउनले दिक्क बनेपछि कोरोनालाई चप्पलले पिट्दै एक वृद्धा

काठमाडौं । कोरोना भाइरसको प्रकोप सारा विश्वमा बढ्दै गएको छ ।

हरेक दिन हजारौँको संख्यामा मानिसको मृत्यु भईरहेको छ । यसैबीच लकडाउनमा केहि काम नपाएपछि मानिसहरु अनौठा र अचम्मका गतिविधहरु गर्न थालेका छन् ।

भारतको राजस्थानमा एक वृद्धा लकडाउनमा केहि काम नहुने र यताउती पनि हिँड्न नपाएपछि दिक्क भएर कोरोनामाथि खनिएकी छन् ।

उनले कोरोनामाथि आफ्नो रिस पोख्दै कोरोनाको जस्तो आकृति भएको ठाउँमा आफ्नो चप्पल खोलेर पिट्न थालेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

मानिसहरु भिडियो हेरर आफ्ना प्रतिक्रियाहरु दिईरहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?