बालुवाटारमा शुरु भयो ओली-प्रचण्डको संयुक्त ब्रिफिङ

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना पार्टीका संघीय सांसदहरूलाई बुधबार दिउँसो ब्रिफिङ थालेका छन् ।

यतिबेला सुदूरपश्चिम प्रदेशका सांसदहरूसँगको छलफल सकिएको छ भने प्रदेश १ का सांसदहरूसँग छलफल भइरहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।

त्यस्तै दुबै अध्यक्षहरुले प्रदेश(प्रदेशका सांसदलाई फरक-फरक समयमा बोलाएर विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे बिफ्रिङ गरिरहेको पनि स्रोतले जनाएको छ ।

गत मंगलवार बसेको मन्त्रीपरिषदको बैठकले राजनीतिक दल फुटाउने सम्बन्धी अध्यादेश जारी गरेसँगै पार्टीभित्र मात्र नभइ नेपाली राजनीतिक वृत्तमा हलचल मच्चिएको थियो ।

सुदूरपश्चिम प्रदेशबाट शुरू भएको छलफल प्रदेश नं १ र वागमती प्रदेश हुँदै क्रमश सातवटै प्रदेशका सांसदहरूसँग बुधवार र बिहीवारसम्म गरिनेछ । जारी अध्यादेश र कोरोना भाइरस विरूद्दको लकडाउन लगायतका विषयहरूमा सांसदहरूलाई स्पष्ट गर्न यसरी छलफल गरिएको थापाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?