काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी नफुट्ने स्पष्ट पारेका छन् । प्रधानमन्त्री समेत रहेका उनले बुधबार संघीय सांसदहरुलाई बालुवाटारमा बोेलाएर प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाईसमेत सँगै राखेर छलफल गरेका हुन् ।
त्यसक्रममा प्रधानमन्त्री ओलीले दुई दिनअघि सरकारले ल्याएको राजनीतक दलसम्बन्धी अध्यादेश र संवैधानिक परिषदसम्बन्धी अध्यादेशपछि विभिन्न क्रिया प्रतिक्रिया आएको भन्दै अध्यादेश र सरकारका कामकारवाहीबाट नेकपा कमजोर हुने नभइ थप मजबुत बन्दै जाने बताएका हुन् ।
सरकारले यी दुई अध्यादेश ल्याएपछि नेकपाभित्रै यसको विरोध हुनुका साथै पार्टी फुट्ने हो कि भनेर आशंका समेत पैदा भएको थियो । तर सांसदहरुको छलफलका क्रममा प्रधानमन्त्री ओलीले अध्यादेशकै कारण नेकपा नफुट्ने भन्दै सम्झाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया