काठमाडौं । आरडीटी परिक्षण गर्दा कैलालीमा फेरी १ जनामा कोरोना पोजेटिभ देखिएको छ । कैलाली स्थित मोहन्याल गाँउपालीका ५ कटौचेका आज आरडीटी परिक्षण गर्दा १७ बर्षिय एक युवामा पोजिटिभ देखिएको हो ।
अर्घाखाची बाट २३ जनाको टोली हिजो आएको मोहन्याल गाँउपालीकाका अध्यक्षय नवलसिह रावलले जानकारी दिए । ‘उनीहरु मज्दुरी गर्न अर्घाखाची गएका थिए । हिजो मात्र यहाँ पुगे र सवैको आरडीटी चेक गर्यौ’ उनले भने ।
त्यस मध्य युवकमा मात्र पोजिटिभ देखियो । मोहोन्याल गाउपालीकाका स्वास्थय संयोजक दिपेन्द्र बुढाले भने हामीले २३ जना सवैलाई आरडीटी चेक गरेयौ त्यस मध्य युवक लाई मात्र कोरोना पोजेटिभ देखिएको बताए । अन्य सबैलाई क्वारेन्टाईनमा राखेका छौ, उनले भने पोजीटिभ देखिएका युवकको स्वाव र युवक लाई भने धनगढी पठाउने तयारी गर्दै छौ । पिसिआर मेसिनबाट उनको स्वाव परिक्षण गरेपछि मात्र पोजेटिभ र नेगेटिभको वारेमा थाहा हुने उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया