काठमाडौं । समाजवादी पार्टीका नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवको अपहरण भएको दावी गरिएको छ ।
समाजवादी पार्टीका युवा नेता विश्वदीप पाण्डेले चौधरीको अपहरण भएको दावी गरे । यस्तै समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि चौधरी सम्पर्कमा नरहेको भन्दै थप जानकारी खोजिरहेको बताए ।
‘आज वैशाख १० गते साँझ ५ बजे पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाण्डौबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनकालागि काठमाण्डौतिर लगेको ।’ विश्वदीप पाण्डेले फेसबुकमा लेखेका छन् ।
हाल समाजवादी पार्टी फुट्न लागेको चर्चाका बीच यस्तो दावी बाहिरिएको हो । सुरक्षा स्रोतले भनेबारे केही बोलेको छैन ।
दुई दिनअघि सरकारले ल्याएको र राष्ट्रपतिले प्रमाणीकरण गरिसकेको अध्यादेशमा संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा ४० प्रतिशत पुगेको खण्डमा पार्टी विभाजन गर्न सकिने व्यवस्था छ । यही व्यवस्थालाई टेकेर समाजवादी र राजपा विभाजन गर्न खोर्जिएको चर्चा राजनीतिक वृत्तमा हुँदै आएको छ । स्वयम् ओलीले पनि यो नेकपाको लागि नभएको अन्य दललाई लक्षित गरेर ल्याएको पार्टीमा स्पष्टीकरण दिइसकेका छन् । तर यसको विपक्षीदलसहित नेकपाभित्रैबाट आलोचना हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया