समाजवादी पार्टी र राजपाबीच एकता गर्ने सहमतिपत्रमा यी नेताले गरे हस्ताक्षर

काठमाडौं । । समाजवादी पार्टी र राजपा नेपाबीच एकता गर्ने सहमति भएको छ। दुई दलबीच बुधबार रातिसम्पन्न बैठकबाट एकता गर्ने समझदारी भएको हो ।
पार्टी एकता समानताको आधारमा गर्ने, एकीकृत पार्टीको नाम जनता समाजवदी पार्टी राख्ने, पार्टीको झण्डा आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुने, चुनाव चिन्ह राजपा नेपालको प्रयोग गर्ने सहमति भएको छ ।

समझदारी पत्रमा राजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन् । भने समाजवादीको तर्फबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले गरेका छन् ।

राजपामा ६ जनाको अध्यक्षमण्डल र समाजवादीमा २ जना अध्यक्षको व्यवस्था छ । समझदारीमा नेतृत्वबारे केही नखुलाइएपनि ८ जना अध्यक्षको अध्यक्षमण्डल रहनेगरी छलफल भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?