काठमाडौ । बेलायतमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या १८ हजार १ सय पुगेको छ । गएको २४ घन्टामा कोरोनाको संक्रमणबाट बेलायतको अस्पतालमा थप ७ सय ६३ जनाको मृत्यु भएको ‘डिपार्टमेन्टअफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।
पछिल्लो जानकारीअनुसार इंग्ल्याण्डमा ६ सय ६५ जना, स्कटल्याण्डमा ७७ जाना र वेल्समा १५ जनाको निधनभएको छ भने नर्दर्न आएरल्याण्डको भने अहिलेसम्म कुनै तथ्यांक सार्वजनिक भएको छैन ।अहिलेसम्म इंग्ल्याण्डमा १६ हजार २ सय ७२, स्कटल्याण्डमा १ हजार ६२, वेल्समा ६ सय २४ र नर्दर्न आएरल्याण्डमा २१६ (हिजोको तथ्यांक) जना गरि अस्पताल हाताभित्र मृत्युहुनेको संख्या कुल १८ हजार १ सय पुगेको हो ।
हालसम्म बेलायतमा १ लाख ३३ हजार ४ सय९५ जना कोरोनाबाट संक्रमित रहेका छन् भने गएको २४ घन्टामा ४ हजार ४ सय ५१ जाना थप संक्रमित भएका छन् । तर विभिन्न अध्ययनका अनुसार हाल जारी गरिएको तथ्यांक भन्दा बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्यादोब्बर भन्दा पनि बढी भएको बताइएको छ ।
राष्ट्रिय तथ्यांक विभाग (ओएनएस) ले अप्रिल २३ सम्ममा मृत्यु हुनेको संख्या २३ हजार भन्दा बढी भएको तथ्यांक सार्वजनिक गरेको थियो । भने फ़ाइनान्शियल टाइम (एफटी) ले बेलायतमा कोरोनाको संक्रमंबाट मृत्यु हुनेकुल संख्या ४१ हजार भन्दा बढी भएको तथ्यांक प्रस्तुत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया