कोरोनाको त्रास : ‘टोय कार’बाट संक्रमितलाई औषधि र आवश्येक सामाग्री

काठमाडौं । कोरोना भाइरसका कारण यसबेला सारा विश्व ग्रस्त बनेको छ । कोरोनाको डर पनि व्यापक नै रहेको छ । कोरोना फैलिनबाट रोक्नका लागि विश्वका अधिकांश देशले पूरा देश नै लकडाउन गरेका छन् ।

यसैबीच सोसल मिडियामा अहिले एउटा तस्वीर अत्याधिक भाइरल बनिरहेको छ । तस्वीरमा कोरोना भाइरसका संक्रमितहरुलाई टोय कारले मद्दत गरिरहेको देख्न सकिन्छ ।

उनीहरुलाई कारले औषधि तथा खानेकुराहरु गन्तव्यसम्म पुर्याइरहेको छ । भारतको कानपुरस्थित मेडिकल कलेजको यो फोटो अत्याधिक भाइरल बनिरहेको हो ।

त्यहाँ कोरोना संक्रमितहरुको आइसोलेसन वार्डमा टोय कारले खानेकुरा तथा औषधिहरु पुर्याइरहेको छ ।

त्यसकै माध्यमबाट संक्रमितहरुलाई आवश्यक सामाग्री पठाइरहेको भारतीय सञ्चारमाध्यमहरुले खबर प्रकाशित गरेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?