काठमाडौं । जनता समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । बिहीवार बिहान निर्वाचन आयोगमा पुगेर जनता समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको हो । दल दर्ताको क्रममा उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ लगायत नेताहरुको उपस्थित रहेको थियो ।
निर्वाचन आयोगमा पार्टी १३८८ नम्बरमा दर्ता भएको नेता राजेन्द्र महतोले जानकारी दिए ।
बिहीवार राति समाजवादी पार्टी नेपाल र राजपा नेपाल मिलेर यो पार्टी गठन भइ निर्वाचन आयोगमा दर्ता भएको हो । बाँकी डकुमेन्ट आवश्यकताअनुसार पछि बुझाइने नेताहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया