काठमाडौं । अमेरिकाको न्युयोर्कमा २ बिरालोलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ । विश्वमा जनावरमा यो भन्द्या अगाडि कोरोना भाइरसको संक्रमण भए पनि अमेरिकामा भने पालुवा जनावरमा देखिएको यो नै पहिलो घटना हो ।
अमेरिकाको कृषि विभाग र संघीय रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडिसी) ले बिरालोमा कोरोना भाइरसको संक्रमण देखिएको बताएको छ ।
बिरालोलाई केहि दिन अगाडि श्वास लिन समस्या भएकोले शंका गर्दै बिरालोकोे परिक्षण गरिएको थियो । नभन्दै परिक्षणका क्रममा दुई बिरालोमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यो भन्दा अगाडि पनि ब्रोन्क्स चिडियाघरका बाघमा कोरोना संक्रमण फेला परेको थियो । पशुहरुलाई मानिसबाट संक्रमण सरेको हुन सक्ने अनुमान गरिएको छ ।
सीडिसीका अधिकारी केसी बोर्टन बेहरावेशले पशुहरुबाट कोरोना फैलिएको भन्ने पुष्टि अहिलेसम्म नभएकोले डराउन आवश्यक नरहेको तर सतर्कता भने अपनाउनु पर्ने बताएका छन् ।
एजेनसीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया