नेपालमा २७८ जना रेड जोनमा, ४७ जनामा फैलियो कोरोना संक्रमण

काठमाडौं । नेपालमा कुल २७८ जना रेड जोनमा रहेका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटा नेपालमा कुल २७८ जना रेड जोनमा रहेका बताएका हुन् । उनका अनुसार मन्त्रालयले पीसीआर र आरडीटी विधिबाट हालसमम ४३ हजार ७२२ जनाको परीक्षण गरीएको जनाएको छ ।

नेपालमा थप २ जनामा कोरोनाको संक्रमण देखिएको छ । जनकपुरका १४ वर्षीय एक किशोर तथा अर्की ५५ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।

प्रवक्ता विकास देवकोटाले उदयपुरबाट संकलन गरिएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण वर्ष ५५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

त्यस्तै, जनकपुरका १४ वर्षीया किशोरमा पनि संक्रमण पुष्टि भएको उनले बताए । उनले संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।

पाटन अस्पतालको आइसोलेनमा उपचाररत दुई जना आज स्वास्थ्य लाभ गरी घर फर्किएका छन् । उनीहरु पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका हुन् ।

योसँगै नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या ९ जना पुगेको छ । त्यस्तै, भने नेपालमा कुल २७८ जना रेड जोनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?