काठमाडौं । कोरोना भाइरस विश्वमा फैलाएका आरोप अधिकांश मानिसहरुले चीनलाई लगाउँदै आएका छन् ।
चीनले नै कोरोना फैलाएको प्रमाण वुहानका केहि वैज्ञानिकहरुले दिईसकेका छन् तर सरकारले उनीहरुलाई डर देखाएर शान्त बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
यसैबीच चीनको वुहानकी एक चर्चित लेखिकाले चीनको बारेमा सत्यता बताउने कोशिस गरेको भन्दै उनलाई ज्यान मार्ने धम्की आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
चीनकी चर्चित लेखिका फेन्ग फेन्गको एक अनलाइन डायरीले चीन सरकारको लागि समस्या पैदा गरिदिएको छ ।
उक्त अनलाइन डायरीमा लकडाउनका बेला वुहानमा भएको गतिविधिहरुको बारेमा लेखिएको छ । उक्त अनलाईन डायरीले चीनमा वुहान डायरीको नामबाट नाम कमाएको छ ।
चीनकी लेखिकाले डायरीमा लकडाउनका बेला मानिसहरुलाई भएको समस्या, मास्क, स्यानेटाइजर र खानेकुराका सामानहरु कमीका बारेमा लेखिएको बताइएको छ ।
फेन्गको उक्त डायरीबाट चीनविरुद्ध लेखिएको भन्दै देशमा माहोल तात्न थालेको छ । सोसल मिडियामा चिनियाँ नागरिक उनको चर्काे आलोचना गरिरहेका छन् ।
साथै उनलाई डायरी बेचेर पैसा कमाउन लागेको आरोप लगाएका छन् । त्यति मात्रै होइन, उनलाई विश्वासघाती भन्दै ज्यान मार्ने धम्की आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा खबर प्रकाशित छ ।
फेन्ग पहिला वुहान डायरी पब्लिश गर्ने प्लानमा थिइन्, तर देशमा भएको यति धेरै हंगामा पछि पब्लिसर्सहरु नै डायरी छाप्न डराउन थालेका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया