काठमाडौं । वि.सं. २०७७ वैशाख १३ गते । शनिवार । इ.स.२०२० अप्रिल २५ तारिक । शकसंवत् १९४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । ने.सं. ११४० चौलागा । वैशाख शुक्लपक्ष । तिथी– द्वितीया,१० बजेर ४५ मिनेट उप्रान्त तृतीया । नक्षत्र– कृतिका,१९ बजेर ५८ मिनेट उप्रान्त रोहिणी ।
योग–सौभाग्य,२३ बजेर ०४ मिनेट उप्रान्त शोभन । करण– कौलव,१० बजेर ४५ मिनेट उप्रान्त तैतिल,२३ बजेर १६ मिनेट उप्रान्त गर । आनन्दादिमा– ध्वज योग ।
चन्द्रराशि–वृष । काठमाडौंमा सूर्योदय ६ बजेर ३१ मिनेटमा, सूर्यास्त १८ बजेर ३३ मिनेटमा । दिनमान ३२ घडी ३४ पला ।औलो दिवस । परशुराम जयन्ती। त्रिपुष्कर योग १०ः४५ बजेसम्म। सर्वार्थसिद्धि योग १९ः५८ बजेपछि।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
घरायसि कुरामा आफन्त तथा कुटुम्वसँग विवाद हुन सक्छ ध्यान दिनुहोला । व्यापारमा समय दिन नपाईने तथा थोरै आम्दानीमा चित्त बुझाउनु पर्नेछ ।
पढाई लेखाईमा मन नजाँदा अरुभन्दा पछि परिनेछ । प्रेममा अविश्वास सिर्जना नहोला भन्न सकिन्न । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या देखिने तथा दैनिकी प्रभावित हुनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
टाडिएका मित्र तथा आफन्तसँगको भेटले मन प्रशन्न हुनेछ । पुराना कमी कमजोरी हरुलाई सच्याउँदै रचनात्मक काम गर्न सकिनेछ ।
विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आफन्त तथा साथीभाईबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । धोका दिने तथा आशा देखाउनेहरु सक्रिय हुनेछन् । कार्यक्षेत्रमा आलोचना गर्नेहरुबाट सजक रहनुहोला ।
स्वास्थ्यको ख्याल गर्नुहोला औषधि उपचार खर्च बढ्नेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
औषधिजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।
अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । अध्ययनमा भनेजस्तो नतिजा हात लागि हुनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । ईच्छा तथा चाहनाहरु पुरा हुने समय रहेको छ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
शुभचिन्तक तथा परिचित व्यक्तिबाट सहयोग जुट्नाले काम गर्न सहज हुनेछ । कार्यक्षेत्रमा राम्रो काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ ।
पुख्र्यौली धन तथा सम्पत्तीको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना विवादलाई सल्टाउन तपाईको महत्वपुर्ण भुमिका हुने तथा लोकप्रियता चुलिनेछ । अध्ययनमा मन जानेछ । प्रणय सम्बन्धमा पथ प्रगाडता थपिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
यात्रा गर्दा ध्यान दिनुहोला । समाजमा राम्रा काम गर्दागदै प्रतिस्पद्र्धिहरुले खुट्टा तान्नेछन् । खोजीमुलक क्षेत्रमा नतिजा हात पार्नको लागि धेरै खट्नु पर्नेछ ।
अग्रज तथा धार्मिक क्षेत्रमा मानिससँग विवाद हुनसक्छ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेको छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । आफ्नो काममा भन्दापनि अरुकै काममा समय व्यतित हुनेछ । महत्वकांक्षी योजनाहरु पूरा गर्न निकै संघर्ष गर्नुपर्नेछ ।
आफन्त तथा घरपरिवारका सदस्यहरुसँग राय बाजिनेछ । माया प्रेममा धोका तथा विस्वासघात हुनेछ । पढाई लेखाईमा मन नजाँदा अरुभन्दा पछि परिनेछ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
माया प्रेममा नजिक हुन सकिने तथा मन मिल्ने साथी भेटिनेछ । व्यवसायबाट घाटा लाग्नेछ । अध्ययनमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ ।
परिवारका साथ रमाईलो जमघटमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
उपहार तथा भौतिक सम्पती हात लागि हुने योग रहेको छ । अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा यात्रा हुनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धीत व्यापारमा मन्दि आउनेछ ।
मामा तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेमको गाँठो कसिनेछ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
समय मध्यम रहेकोले राजनितिज्ञ तथा समाजसेवीहरुले जनताको काम गर्न नसक्दा आलोचना हुन सक्छ । विद्यार्थीले प्रतिस्पद्र्धामा आफ्नो पर्फमेन्स देखाउन नसक्दा अरुभन्दा पछि परिनेछ ।
आमा तथा आफन्तसँग मनमुटाव सिर्जना हुनेछ । पढाई लेखाईमा मन नजाने हुदा अरुभन्दा पछि परिनेछ । भौतिक सम्पत्तीको प्रयोग गर्दा ध्यान दिनुहोला ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
अरुको विस्वास जिती काम गर्न नसक्दा समयभन्दा पछि परिनेछ । कामगर्ने भन्दा आश्वासन बाँढ्नेहरु सक्रिय हुनेछन् । पढ्ने लेख्ने काममा मन नजाँदा नतिजा अरुतिर नै जानेछ ।
सवारी साधन तथा भौतिक सम्पत्तीको प्रयोग परिचालन गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । आमा तथा आफन्तसँग टाडिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
लगनशीलताको साथ गरीने कामको उच्च मुल्याङ्कन हुनेछ । दाजुभाई तथा छिमेकीसँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ ।
प्रतिस्पर्द्धीहरु सहयोगी बन्नेछन् भने कुनैपनि प्रतिस्पर्द्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पढाईमा मन जानेछ भने । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया