काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुट दिने व्यवस्था गरेको छ । ग्राहकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै बैंकले हालको लकडाउनको अवस्थामा पनि नेपमेडस् प्रा. लि. र काठमाडौं अरगेन्किस् बाट सनराइज बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्यु.आर कोड प्रयोग गरी सामान खरिद गर्दा १० प्रतिशत वा ५०० सम्मको विशेष छुट पाउने व्यवस्था मिलाएको छ ।
नेपमेडस् प्रा. लि.ले उपत्यकाका ग्राहकहरुलाई घरमै औैषधी पुर्याउदै आएको छ । भने काठमाडौं अरगेन्किस्ले विभिन्न अर्गानिक खाद्ययान्न अनलाइन मार्फत उपलव्ध गराउँदै आएको छ । उक्त छुट लकडाउन अवधिभर रहने बैकले जनाएको छ ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण देशभर भइरहेको लकडाउनले खाद्ययान्न तथा औषधी जस्ता अति आवश्यक सामान खरिद गर्न अफ्ठ्यारो भइरहेको वर्तमान परिस्थिति तथा रोग संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यस्ता सम्झौताहरु ग्रिएको बैंकले जनाएको छ । साथै घरमा नै सुरक्षित बसी सुविधाको उपभोग गर्न बैंकले आग्रह गरेको छ ।
बैंकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी एटिम नेटवर्क, अनलाइन बैकिङ्ग सेवाका साथै केहि नगद काउन्टर, रेमिटयान्स सेवाहरु सुचारु राख्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया