काठमाडौं । शुक्रवार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषदको बैठक बस्ने भएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणको सुरक्षार्थ सरकारले गरेको लकडाउन तथा गत सोमवार सरकारले ल्याएको २ अध्यादेशको बारेमा छलफल हुने स्रोतले बताएको छ ।
बैशाख ८ गते बसेको मन्त्रीपरिषद्को बैठकले राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेसँगै नेपालको राजनीतिक वृत्त एकाएक तातेको थियो। राजनीतिक दल सम्बन्धी विधेयकमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने व्यवस्था उक्त अध्यादेशमा गरिएको छ । साथै प्रतिपक्षी दलको नेताबिना संवैधानिक परिषद्को बैठक बस्ने गरि ल्याइएको अध्यादेशका विषयमा अन्तरपार्टी मात्र होइन सत्तापक्षबाटै विरोध भइरेहको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया