पारस कँडेल ज्योति विकास बैंकमा कामु सीईओ

काठमाडौं । ज्योति विकास बैंकले पारस कँडेललाइ नायब प्रमुख कार्यकारी अधिकृत(सीईओ) तोकेको छ ।

यस अघि प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बैशाख १५ गतेदेखि लागू हुने गरि पदबाट राजीनामा दिएका थिए । कँडेल ज्योति विकास बैंकमा मर्ज भएको तत्कालिन हाम्रो विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत थिए । हाल उनी ज्योति विकास बैंकमा नायब महाप्रबन्धक पदमा छन् ।

३ अर्ब ४९ करोड चुक्ता पुँजी भएको यस बैंकको वासलात पुस मसान्तमा ४१ अर्ब ६२ करोड रूपैयाँ छ । बैंकको निक्षेप करिब ३० अर्ब छ, कर्जा लगानी करिव २७ अर्ब रूपैयाँ छ । पुस मसान्तसम्ममा बैंकको नाफा १४ करोड २८ लाख रूपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?