प्रदेश ३ को मुख्यमन्त्री डोरमणि पौडेल बन्ने पक्का, अष्टलक्ष्मीको बाटो बन्द

काठमाडौं, २६ माघ । एमाले प्रदेश ३ मा डोरमणि पौडेल मुख्यमन्त्री बन्ने पक्का भएको छ प्रदेशको संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा पार्टी उपाध्यक्ष समेत रहेकी नेतृ अष्टलक्ष्मी शाक्यलाई पराजित गर्दै विजयी भएपनि उनको मुख्यमन्त्री बन्ने बाटो खुलेको हो एमालेले यसअघि नै संसदीय दलको नेतालाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । संसदीय दलको नेता चुन्न एमालेले शुक्रबार भएको चुनावमा शाक्य र पौडेलले उम्मेदवारी दिएका थिए दलको चुनावमा ५८ मत खसेकोमा पौडेलले ३४ मत पाए भने पार्टी उपाध्यक्ष समेत रहेकी शाक्यले २४ मत मात्र पाइन् । पौडेलले लोकतान्त्रिक तरिकाले चुनाव भएकाले यसलाई सहज रुपमा लिनुपर्ने बताए यसअघि शाक्यलाई प्रदेश ३ को मुख्यमन्त्रीकै रुपमा अघि सारेर प्रदेशसभामा उम्मेदवार बनाइएको थियो । तर उनी मुख्यमन्त्री बन्ने बाटो बन्द भएको हो एमाले संस्थापन पक्षले नै दलको नेतामा दावेदार रहेका सानु श्रेष्ठलाई समामुख बनाएर पौडेललाई मुख्यमन्त्री बनाउने सहमति सहित निर्वाचनमा गएको बताइएको छ पार्टी पोलिटब्युरो सदस्य समेत रहेका श्रेष्ठ अब शनिबार हुने सभामुखको निर्वाचनमा उम्मेदवार बन्नेछन् भने उपसभामुखमा माओवादी केन्द्रकी राधिका तामाङले उम्मेदवारी दिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?