काठमाडौं । वि.सं. २०७७ वैशाख १४ गते । आईतवार । इ.स.२०२० अप्रिल २६ तारिक । शकसंवत् १९४१ । प्रमादी संवत्सर । उत्तरायण ।
वसन्त ऋतु । ने.सं. ११४० चौलागा । वैशाख शुक्लपक्ष । तिथी– तृतीया,११ बजेर ४० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– रोहिणी,२१ बजेर १९ मिनेट उप्रान्त मृगशिरा ।
योग– शोभन,२२ बजेर ३५ मिनेट उप्रान्त अतिगण्ड । करण–गर,११ बजेर ४० मिनेट उप्रान्त वणिज,२३ बजेर ५६ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा– धाता योग ।
चन्द्रराशि–वृष । काठमाडौंमा सूर्योदय ६ बजेर ३० मिनेटमा, सूर्यास्त १८ बजेर ३४ मिनेटमा । दिनमान ३२ घडी ३८ पला । प्रतिलिपि अधिकार दिवस । अक्षय तृतीया।
धर्मघटादि दान गर्ने दिवस। त्रेतायुगादि। लुभुमा महालक्ष्मी–भैरव यात्रा। कोटेश्वर महादेवस्थानमा शिव–पार्वती विवाह महोत्सव।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यवसायमा लगानी गर्नको लागी केहि समय कुर्नुनै रम्रो हुनेछ । व्यापारमा घाटा लाग्नेछ । आफन्त तथा अग्रजहरुसँग घरायसी कुरामा राय बाजिनेछ ।
विद्यामा अरुभन्दा पछि परिने तथा नतिजा आफूतिर ल्याउन निकै मिहेनत गर्नु पर्नेछ । कार्यक्षेत्रमा खुट्टा तान्नेहरु तथा आलोचना गर्नेहरु सक्रिय हुनेछन् ध्यान दिनुहोला । प्रेममा अविश्वास तथा शंका बढ्ने योग रहेको छ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।
सामाजिक काममा होमिने हरुका लागि समयले साथ दिनेछ । अध्ययनमा सफलता प्राप्त हुनेछ भने उत्कृष्ट नतिजाले परिवारका सदस्य तथा गुरुहरु खुशी हुनेछन् । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । कामगर्दा ध्यान दिनुहोला काम बिग्रन तथा जरिवाना हुन सक्छ ।
काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
ईमान्दार तथा लगनशिल भएर लाग्नाले समाजमा राम्रा काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गरी सबैको ध्यान केन्द्रित गर्न सकिनेछ ।
पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । आफ्नै मिहेनतले जीवन शैलिमा सुधार ल्याउन सकिनेछ ।
माता पिताको सहयोग तथा समर्थनले कृतिमानी काम गर्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैँतिर ल्याउन सकिनेछ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
व्यवसायबाट तत्काल आम्दानी कम भएपनि पछिको लागि आम्दानी सुनिस्चित गर्न लगानी बढाउन सकिनेछ । पढाई लेखाईमा प्रशस्त समय दिएपनि नतिजा शुन्यजस्तै हुनेछ ।
अवसरवादीहरुले फसाउन सक्छन् ध्यान दिनुहोला । प्रेममा अविश्वास बढ्ने तथा शंका गर्नाले समस्या उत्पन्न हुन सक्छ । सरकारि सेवामा बसेर काम गर्नेहरुको ढिलासुस्तिको चपेटामा परिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
संकट व्यवस्थापनमा चालिएका कदमहरु निःअर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदि बहिनीहरुले पनि सहयोग गर्ने छैनन् ।
अल्छि गर्ने बानिले काम बाँकी रहनेछ भने शरीर स्वास्थ्य नहुनाले आलस्यता बढेर जानेछ । व्यापारमा लागनी गरीहाल्ने समय नरहेकोले केहि समय पर्खनुनै राम्रो हुनेछ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
भौतिक साधनहरु जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययन,लेखन,कलासाहित्य तथा गीत संगीतमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुनेछ ।
प्रेम सम्वन्धमा विश्वासको वातावरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् । पुराना ऋण,रोग तथा शत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ ।
आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेको छ । तरपनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
अध्ययनमा आजको दिन मन नजाँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । मन परेको मानिससँग मनमुटाव बढ्ने योग रहेको छ ।
व्यापार व्यवसायमा लगानी गर्नको लागि केहि समय पर्खनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । अरुको भर पर्नाले अवसर गुम्नेछ । भौतिक सम्पत्ती तथा विलाशी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आफन्तहरु टाडिने तथा श्रीमान श्रीमतीबीच सामान्य मनमुटावको सिर्जना हुनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछिछी परिनेछ ।
राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागि समय मध्यम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाईनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकै नै समय खर्चनु पर्नेछ भने कृषि तथा पशुपालन व्यवसाय फस्टाउनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आँट,शाहस तथा पराक्रमा वृद्धि भएर जाने हुनाले उपलब्धी मुलक कामहरु गर्न सकिनेछ । लेखन कला तथा साहित्यमा बाँकी रहेको कामलाई पूर्णता दिन सकिनेछ ।
प्रेम प्रशङ्गमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया