उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम

काठमाडौं । उत्तर कोरियाका तानशाह किम जोंग उनको स्वास्थ्य स्थितिलाई लिएर चीन चिन्तित देखिएको छ । त्यसैले चीनले उनको उपचारका लागि आफ्ना चिकित्सकको एक टिमलाई उत्तर कोरिया पठाएको छ ।

चीनको कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्पर्क विभागका एक वरिष्ठ सदस्यको नेतृत्वमा एक प्रतिनिधिमण्डल बिहीवार उत्तर कोरियाका लागि प्रस्थान गरेको छ ।

उत्तर कोरियाका नेता किम जोंग उनको स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै उनको उपचारका लागि चीनले आफ्नो स्वास्थ्यकर्मीको एक टिमलाई उत्तर कोरिया पठाएको हो ।

दक्षिण कोरियाको लोकल मिडियाको खबर अनुसार किमको उपचार उनको परिवारको मात्र उपचार गरिने अस्पतालमा भईरहेको छ ।

मिडिया रिपोर्टका अनुसार हयांग स्यान अस्पतालला लामो समयदेखि हृदय रोगसम्बन्धि बिरामीहरुको उपचारका लागि मात्र खटाइएको छ ।

उत्तर कोरियाका शासक हालै भएका केहि कार्यक्रममा नदेखिएपछि उनको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न खबरहरु प्रकाशित भईरहेका छन् ।

किम जोंग उन १५ अप्रिलमा आफ्ना दिवंगत हजुरबुवा र संस्थापक किम उल सुंगको १०८ औँ जयन्ती समारोहमा पनि सहभागी भएका थिएनन् । त्यति मात्रै होइन,उनी अन्तिम पटक ११ अप्रिलमा १ बैठकमा देखिएका थिए ।

किम सन् २०१२ पछि पहिलो पटक आफ्ना हजुरबुवाको जयन्ती समारोहमा नगएको यो पहिलो पटक भएको बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली तानशाह किमको स्वास्थ्य अवस्था गम्भीर रहेको भन्ने रिपोर्ट खारेज गरेका छन् ।

उनले किमको अवस्था गम्भीर नभएको बताएका थिए । उनले आफूले पाएको रिपोर्टमा किमको अवस्था गम्भीर रहको बताइए पनि आफूलाई विश्वास नलागेको र त्यो रिपोर्ट नै झुटो रहेको बताएका थिए ।

उनले सञ्चारमाध्यमहरुलाई किमको बारेमा पुराना खबरहरु फैलाएको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् : 

कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु

कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?