यो हो संसारकै अनौठो माछा !

काठमाडौं । सबैलाई थाहा छ कि रगतको रङ रातो नै हुन्छ । तर संसारमा केहि त्यस्ता जीवहरु पनि छन् जसको रगतको रङ रातो नभएर अन्य कुनै रङको रहेको छ । यस्तो जीवको नाम हो कटलफिस ।

कटलफिसको रगतको रङ नै यसको मुख्य विशेषता हो । यो माछोको भित्र नीलो रङको रगत हुन्छ । समुन्द्रको अत्यन्तै गहिराईमा बस्ने यो माछा आफ्नो शरीरको रङ बदल्न सक्ने क्षमताको हुन्छ ।

त्यसैले समुन्द्रमा यो माछा कमै मात्र देख्न सक्ने सम्भावना रहन्छ । यसको शरीरमा नीलो रङको रगतको पछाडि एक विशेष प्रकारको प्रोटिन रहेको छ । यस प्रोटिनमा कोपर भएको कारणले माछाको रगत निलो हुने गर्दछ ।

यो माछाको तीन वटा हृदय हुन्छ । यो माछोलाई यदि कसैले हमला गरेमा उसले धुवाँ छोड्दछ । जसका कारण हमला गर्ने व्यक्ति नै अन्धो जस्तो बन्न बाध्य हुन्छ । कटलफिशका १२० प्रजातिहरु समुन्द्रमा पाइन्छन् । मानिसहरु यो माछाका लागि लाखौँ तिर्न तयार हुन्छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?