काठमाडौं । जापानमा कोरोना भाइरसको महामारी जारी नै रहेको छ । देशमा कोरोनाबाट संक्रमितहरुको संख्या लगातार बढी रहेको छ ।
अहिलेसम्म जापानमा कोरोना भाइरसको महामारीका कारण ३६० जनाको ज्यान गएको छ भने १३ हजार २३१ जनालाई संक्रमण भएको छ ।
कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै जापान सरकारले केहि कडा कदमहरु चालिरहेको छ । कोरोना भाइरसको कारण हरेक वर्ष जापानमा हुने ट्युलिप फेस्टिबल पनि रद्ध भएको छ । तर रद्ध गरे पनि मानिसहरु ट्युलिप हेर्न जम्मा भएपछि जोखिम हुने भन्दै कोरोना भाइरस फैलिनबाट रोक्नका लागि जापान सरकारले जापान सिटी स्क्वाएर पार्कमा रहेका ८ लाख फूल काटिदिएको छ ।
सुकुरा फुरुसो हिरोबा पार्कमा अब फेरी गुलावी फूल र रातो ट्युलिपका फूलहरु हेर्नका लागि अर्काे वर्ष कुर्नु पर्ने भएको छ । सकुरा ट्युलिप फेस्टिभलको आयोजना हरेक वर्ष अप्रिलमा आयोजना गरिन्छ ।
कोरोना भाइरसको बढ्दो प्रकोपलाई मध्यनजर गर्दे सरकारले सकुरा ट्युलिप फेस्टिभलको आयोजना रद्ध गरेको हो ।
आयोजना रद्ध भएपछि पनि मानिसहरु पार्कमा आउने गरेकोले सबै फूल काटिएको जापान सरकारले बताएको छ । जसका कारण जापान सरकारले पार्कका ८ लाख फूल काटेको हो ।
एजेन्सीको सहयोगमा
यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :
कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि
उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम
कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु
कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल
लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया