काठमाडौं । नेपाली मुलका अष्ट्रेलियन व्यापारी शेष घलेले एमआइटी फाउन्डेशन मार्फत सरकारले स्थापना गरेको कोरोना कोषमा तीन करोड सहयोग प्रदान गरेका छन् ।
घलेले उपलब्ध गराएको उक्त रकम आइतवार नै फाउन्डेसनका तर्फबाट प्रधानमन्त्री कार्यालयमा सहयोग रकमको चेक हस्तान्तरण गरिएको छ ।
फाउन्डेशनका प्रमुखसमेत रहेका घलेले नेपाल सरकारका लागि कोरोनाविरुद्ध परीक्षण, निगरानी र उपचारका लागि यो रकम खर्च हुने विश्वास समेत व्यक्त गरेका छन् ।
कोरोना रोकथाम सु्रक्षार्थ यतिबेला सरकारले लकडाउन गरेको छ । लकडाउनका कारण नेपाल जान नपाए पनि घलेले नेपालमा रहेको एमआइटी ग्रुप फाउन्डेसनकातर्फबाट नेपाल सरकालाई चेक हस्तान्तरण गरिएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया