जमीन बेचेर भोकाहरुको पेट भर्दै पाशा दाजुभाई

काठमाडौं । कोरोना भाइरसका कारण अहिले सारा विश्व ठप्प छ । विश्वका अधिकांश देशहरुले कोरोना भाइरस फैलिनबाट रोक्नका लागि पूरा देश लकडाउन गरेका छन् ।

सरकारले पनि आफ्ना नागरिकहरुलाई घरमै बस्नका लागि सल्लाह दिँदै आएको छ । यसबीच भारतको कर्नाटकस्थित कोलारमा बस्ने २ दाजुभाईले आर्थिक स्थिति कमजोर भएकाहरुलाई २५ लाखको जमीन बेचेर उनीहरुको सहयोग थरेका हुन् ।

भोकै रहेका उनीहरुको तजम्मुल पाशा (४०) र मुजम्मिल पाशा (३२) दुई दाजुभाईले आफ्नो जमीन २५ लाखमा बेचेर उनीहरुको पेट भरेका हुन् ।

उनीहरु बिजनेश गर्दछन् । कोरोना भाइरसको महामारीका कारण भोकै बस्न बाध्य रहेका भोका व्यक्तिहरुको पेट भरेका हुन् ।

भारतीय सञ्चारमाध्यमसँग कुराकानीका क्रममा दाजुभाईले आफ्ना आमाबुवाहरु सानैमा गुमाएको बताए । त्यसपछि उनीहरु ५ वर्षको उमेरमा कोलारमा बस्न आएका थिए ।

त्यहाँ आउँदा सबै धर्मसम्प्रदायहरुले सहारा दिएको उनीहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?