काठमाडौं । हाम्रो विश्व अनौठो विविधताले भरिपूर्ण रहेको छ । संसारमा विभिन्न परम्पराहरु रहेका छन् । यो कुरा हामी सबैलाई थाहा नै छ । तर केहि परम्परा भने यस्ता छन्, जो हामीले सुन्दै अनौठा छन् ।
यस्तै एउटा परम्परा इण्डोनेशियामा पनि रहेको छ । इण्डोनेशियामा परिवारका कोहि पुरुषको मृत्यु भयो भने महिलाको हातको औँला काटिने परम्परा रहेको छ ।
इण्डोनेशियाको दानीमा यो अनौठो परम्परा रहेको छ । त्यहाँ ढाई लाख जनसंख्या रहेको छ । महिलाद्वारा औँला काटेर दान दिँदा मर्ने व्यक्तिले भूत बनेर नतर्साउने त्यहाँको मान्यता रहेको छ ।
त्यहाँ घरको कोहि पुरुष मरेको बेला महिलाको औँला केहि घण्टा अगाडिबाट रक्त सञ्चार नहोस् भन्नका लागि कसेर बाँधिन्छ र त्यसपछि धारिलो हतियारले उनीहरुको औँलाको नङ जतिको भाग काटिने गरिन्छ ।
त्यहाँ रहेको केहि महिलाहरुको त परिवारका पुरुष सदस्यको मृत्यु भएको बेला काट्दा काट्दै सबै औँला नै काटिइसकेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएक छन् ।
अहिले भने सरकारले उक्त अनौठो परम्परा बन्द गरिदिएको छ । तर सरकारले बन्द गरेपछि पनि केहि मानिसहरु परम्परालाई मान्दै आएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया