मस्को, रसिया, २६ माघ – वर्तमान राष्टपति भ्लादिमिर पुटिन सहित आठ जना नेता रसियाको राष्ट्रपतिका लागि चुनावी मैदानमा उत्रिएका छन् आउदो मार्च १८ मा हुने राष्ट्रपतीय निर्वाचनमा उनीहरु प्रतिश्पर्धामा उत्रिने निश्चय औपचारिक रूपमा भएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ राष्ट्रपतिको निर्वाचनमा मतदान गर्ने मतपत्रमा आठै जना उम्मेदवारहरूको नाम बर्णानुक्रम अनुसार राखिने पनि आयोगले स्पष्ट पारेको छ उम्मेदवारी दर्ता गराएका मध्ये एक जना स्वतन्त्र उम्मेदवार रहेका छन्, जसलाई कुनै पार्टीको समर्थन वा सिफारिस छैन त्यसैगरी एक जना अपेक्षित उम्मेदवार रहेका छन्, जसले कम्तिमा तीन लाख मतदाताहरूको हस्ताक्षर नै संकलन गरेका छन् रसियाको राष्ट्रपतीय निर्वाचनमा राजनीतिक दलको तर्फबाट उम्मेदवार बन्ने हरेक व्यक्तिले कम्तिमा एक लाख मतदाताको हस्ताक्षर बुझाउनै पर्ने व्यवस्था रहेको छ वर्तमान राष्ट्रपति पुटिन अहिले तेस्रो कार्यकालका लागि प्रतिस्पर्धामा हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया