कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको महामारीले तहसनहस मच्चाएको छ । कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म अमेरिकामा ५५ हजार ४१५ जनाको ज्यान गएको छ भने ९ लाख ८७ हजार ३२२ जनालाई संक्रमण भएको छ ।

यस्तो अवस्थामा पनि अमेरिकाका केहि राज्यहरुमा यो हप्ताबाट लकडाउन हटाइएको छ । यस विषयलाई लिएर माइक्रोसफ्टका फाउण्डर बिल गेट्सले चिन्ता जनाएका छन् ।

उनले अमेरिकालाई लकडाउन हटाएर कोरोना भाइरसको महामारी झनै तीव्र गतिले फैलिन सक्ने चेतावनी दिएका छन् । त्यसैले उनले माहोल शान्त नहोउन्जेलसम्म लकडाउन जारी नराखे अमेरिकामा पुनः कोरोनाको महाप्रकोप फैलिने र त्यसबाट अत्याधिक नोक्शान हुने बताएका छन् ।

बिल गेट्सले सञ्चारमाध्यमसँग कुराकानी गर्दै भने,’कोरोना भाइरसको भ्याक्सिन बन्न एक दुई वर्ष लाग्न सक्छ । कोरोना भाइरसको ७ भ्याक्सिन बनाइन्छ, त्यसमध्ये सर्वश्रेष्ठ भ्याक्सिनमात्र ट्रायल गरिनेछ ।’

कोरोना भ्याक्सिन बनाउन लागि परेका सबै कम्पनीहरुलाई फन्ड दिएको पनि उनले बताए । गेट्सको फाउण्डेसन गएका केहि वर्ष देखि नै संसारमा विभिन्न महामारीसँग लडिरहेको छ ।

मिडियासँगको कुराकानीको क्रममा उनले यदि यस्तो अवस्थामा लकडाउन खुल्यो भने कोरोना भाइरसको महामारी अमेरिकामा अहिलेको भन्दा धेर तीव्र गतिमा फैलिन सक्ने बताए ।

उनले भने, ‘अमेरिकाका केहि क्षेत्रमा लकडाउन खुलेको छ, तर यदि लकडाउन गरिएका भने ति क्षेत्रहरुमा न्युयोर्कको जस्तै हालत हुनेछ ।’

उनले लकडाउन खोल्न भन्दा पहिला विशेषज्ञहरुको सहयोग लिनुपर्ने बताएका छन् ।

अमेरिकाले विश्व स्वस्थ्य संगठनको नियम पनि फलो गर्नुपर्ने बताउँदै उनले देशमा धेरै भन्दा धेरै परिक्षण हुनुपर्ने बताएका हुन् ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :

६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !

कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर

जापानमा काटिए आठ लाख फूल

कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि

उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम 

कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु

कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल

लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?