कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम

काठमाडौं । कोरोना भाइरसले अमेरिकालाई अत्याधिक नोक्शान पुर्याएको छ । अमेरिकामा अहिलेसम्म ५५ हजार ४१५ जनाले ज्यान गुमाएका छन् भने ९ लाख ८७ हजार ३२२ जनालाई संक्रमण भएको छ ।

अमेरिकाको न्युयोर्कमा सबैभन्दा धेरै नोक्शान पुगेको छ । त्यहाँ मात्रै यो समाचार तयार पार्दासम्म २२ हजार २७५ जनाले ज्यान गुमाएका छन् भने २ लाख ९३ हजार ९९१ जनालाई संक्रमण भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोना भाइरसको यो महासंकटसँग लड्नका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दिन रात लागि परेका छन् ।

ट्रम्पका सहयोगीका अनुसार उनको पूरा शेड्युल बिजी रहेको छ । उनी आफ्नो पूरा दिन मिडियासँग कुराकानी गर्दै बिताइरहेका छन् ।

रातीको तीन बजे फोन

ह्वाईट हाउसका एक अधिकारीका अनुसार राष्ट्रपति ट्रम्प प्रतिदिन कोरोना भाइरसको महामारीको विषयलाई लिएर लगभग ६० पटक फोन गर्दछन् ।

ह्वाईट हाउसका चीफ अफ मार्क मे अडोसले राष्ट्रपति ट्रम्पको अनियमित दिनचर्यामा चिन्ता जनाएका छन् । राष्ट्रपति ट्रम्प विहानै देखि देशको परिस्थितिमा लाग्ने गरेको पनि उनले बताए ।

मेअडोसका अनुसार गएको दिन मात्र राष्ट्रपति ट्रम्पले उनलाई राती तीन बजे फोन गरेका थिए ।

त्यति राती पनि राष्ट्रपति ट्रम्पको फोन आउँछ भन्ने सोच्दै नसोचि बसेका उनलाई अचानक फोन आएपछि देश तथा नागरिकको चिन्ताले राष्ट्रपति ट्रम्प सुत्नै नसकेको उनी बताउँछन् ।

राष्ट्रपति ट्रम्पलाई खाना खाने समय पनि राम्रोसँग नमिलेको बताउँदै उनले भने, ‘राष्ट्रपति ट्रम्पलाई खाना खाने समय पनि अहिले जम्मा १० मिनेट मात्र फुर्सद छ ।’

अधिकारीहरुका अनुसार अमेरिकामा फैलिएको कोरोना भाइरसको कारण राष्ट्रपति ट्रम्पले स्वयंलाई ह्वाईट हाउसमा कैद गरेका छन् । विहान उनी सञ्चारमाध्यमसँग कुराकानी गर्ने गर्दछन् ।

अहिले उनको ध्यान नै देशमा के भयो भन्नेमा लागेकोले पलपलको खबर लिनका लागि आफूलाई फोन गर्ने गरेको मेअडोस बताउँछन् ।

उनले स्वयं पनि केहि समय अगाडि मात्र आफू विहानै उठ्ने र राती अबेरसम्म काम गर्ने गरेको कुरा सामाजिक सञ्जाल ट्वीटरमार्फत बताएका थिए ।

अधिकारीहरुका अनुसार जब सारा विश्व बिदा मनाईरहेको थियो त्यो बेला पनि राष्ट्रपति ट्रम्प रुस तथा साउदी अरबसँग आयलको डील गर्न लागि परेका थिए ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :

कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी

६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !

कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर

जापानमा काटिए आठ लाख फूल

कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि

उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम 

कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु

कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल

लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?