कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी

काठमाडौं । कोरोना भाइरसको महामारीसँग लडिरहेका देशहरुलाई विश्व सवस्थ्य संगठनले चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस (कोभिड १९) का कारण सार्वजनिक स्वास्थ्य तन्त्र (पब्लिक हेल्थ सिस्टम) मा गम्भीर दबाव आएसँगै विश्व भरि नै मलेरिया तथा पोलियो जस्ता अन्य स्वास्थ्य स्थितिमा ध्यान दिनुपर्ने आवश्यकता रहेको डब्ल्युएचओले बताएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले आईतवार आफ्नो दैनिक कोरोना भाइरस सिचुएशन रिपोर्टमा, पब्लिक हेल्थ सिस्टम कोरोना भाइरसको महामारीका कारण गम्भीर रुपमा व्यस्त भएकोले विश्वले अन्या स्वास्थ्य स्थितिमा ध्यान मकेन्द्रित गर्नुपर्ने आवश्यकता रहेको बताएको छ ।

साथै रिपोर्टमा मलेरिया तथा पोलियोमाइलाइटटिस जस्ता रोगहरुविरुद्ध पनि काम गनुर्ने बताएको हो ।

कोरोना भाइरसबाट संक्रमितको संख्या २४ घण्टामा लगभग ८५ हजारले बढेको छ । अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण विश्वमा अहिलेसम्म २ लाख ७ हजार २६५ जनाले ज्यान गुमाएका छन् भने ३० लाख ७ हजार १९२ जनालाई संक्रमण भएको छ ।

कोरोना भाइरसबाट अति प्रभावित युरोप अब बिस्तारै लकडाउन हटाउन लागेको छ । डब्ल्युएचओले कोरोना भाइरसको महामारी सकि नसकेको भन्दै सारा विश्वलाई लकडाउन खोल्न हतार नगर्न यस अगाडि नै सुझाईसकेको छ । ११ मार्चमा डब्ल्युएचओले कोरोना भाइरसलाई महामारी घोषित गरेको थियो ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :

कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम

कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी

६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !

कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर

जापानमा काटिए आठ लाख फूल

कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि

उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम 

कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु

कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल

लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?