लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो…

काठमाडौं । कोरोना भाइरसका कारण अहिले सारा विश्व तहसनहस बनेको छ । विश्वका अधिकांश देशहरुले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै पूरा देश लकडाउन गरेका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको महामारी अहिलेसम्म विश्वका २१० देशमा फैलिसकेको छ ।

कोरोनाको यो प्रकोपलाई मध्यनजर गर्दै विश्वमा विभिन्न देशहरुले कडा नियम बनाएर कोरोनाविरुद्धको लडाईमा उत्रिएका छन् ।

महामारी फैलिनबाट रोक्नका लागि देशहरुले गरेको लकडाउनमा अनौठा कुराहरु पनि देखिरहिएको छ । घरमा विवाहित जोडीहरु लकडाउनका कारण रोजगारीहरु बन्द भएपछि घरमै थुनिएर बस्न बाध्य भएका छन् ।

यस्तो अवस्था पहिला केहि समय मात्र भेटघाट हुने जोडीहरु अहिले हरेक पलसँगै बस्दा दिक्क बनेका छन् । यसै कारणले एक्सपर्टहरुले लकडाउन खोल लगत्तै सम्बन्ध बिच्छेदका घटनाहरु अत्याधिक दर्ता हुने बताउँछन् ।

यसैबीच पोर्चुगलमा पनि एउटा अनौठो घटना सार्वजनिक भएको छ । पोर्चुगलको लिस्बनमा बस्ने एक जोडीहरु २४ सै घण्टा सँगै बस्नुपर्दा हैरान भएका छन् ।

जसका कारण उनकी श्रीमतीले घरको बाहिर एउटा बोर्डमा आफ्ना श्रीमान बेच्न चाहेको लेखेर टाँसेकी छन् । उनले २४ सै घण्टा सँगै बस्नु परेकोमा दिक्क लागेकोले यस्तो लेखेर टाँसेको बताएकी छन् ।

कोरोना भाइरसको महामारीका कारण केहि समय पहिला चीनमा धेरै सम्बन्ध बिच्छेदका घटनाहरु दर्ता भएका थिए । लकडाउनका कारण २४ सै घण्टा श्रीमान श्रीमती एकसाथ बस्नुपर्दा यस्तो अवस्था सिर्जना भएको विज्ञहरु बताउँछन् ।

यसको धेरै असर भने विवाहित जोडीमा देखिएको छ । त्यसैले लकडाउन सकिए लगत्तै सम्बन्ध बिच्छेदका घटनाहरु बढ्ने विज्ञहरुको अनुमान रहेको छ ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :

कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी

कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम

कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी

६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !

कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर

जापानमा काटिए आठ लाख फूल

कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि

उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम 

कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु

कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल

लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?