लकडाउनको अवधीमा काम नभए पनि तलब दिने निर्णय

काठमाडौं । लकडाउनको कारण यतिबेला सबै कार्यालयहरु बन्द भएका छ । सरकारले लकडाउनको समयलाई पनि सार्वजनिक बिदा सरह मान्ने भएको छ ।

सोमवार गृह मन्त्रालयले नेपाल राजपत्रमा एक सूचना प्रकाशित गर्दै नेपाल सरकारले संक्रामक रोग ऐन २०२० को दफा २ अनुसार गत चैत ९ गते र त्यसपछिका मितिमा जारी भएका आदेश अनुरुप यो अवधिलाई सार्वजनिक विदासरह मानेर सो अवधिमा श्रमिकले खाइपाई आएको तलब भत्ता पाउने व्यवस्था गरेको हो ।

सोमबार राजपत्रमा प्रकाशित भएसँगै उक्त निर्णय लागू भएको हो। भने सरकारले गत बैशाख २ गते यस्तो निर्णय गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?