उत्तर कोरियाका तानशाह किम जोंग उनको स्वास्थ्य अवस्थालाई लिएर आयो यस्तो खबर

काठमाडौं । उत्तर कोरियाका तानशाह किम जोंग उनको स्वास्थ्यलाई लिएर लगातार सस्पेन्स भईरहेको छ ।

केहि सोसल मिडियामा त उनको मृत्यु भएको खबर समेत आईसकेको थियो । यसैबीच दक्षिण कोरियाका राष्ट्रपति मून जे इनका विदेश नीतिका सल्लाहकारले सीएनएन च्यानललाई किम जोंग उन स्वस्थ रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार किम जोंग उन १३ अप्रिलदेखि वोनसन क्षेत्रमा रहेको जानकारी छ ।

१२ अप्रिलमा किमको कार्डियोभेस्कुलर सर्जरी भएको थियो । ३६ वर्षका किम जोंग उनको स्वास्थ्य अवस्थालाई लिएर केहि सञ्चारमाध्यमहरुमा विभिन्न अड्कलहरु भएको खबर छापिएका थिए ।

यहाँँ सम्म कि, उत्तर कोरियाको उत्तराधिकारी उनकी बहिनी किम यो जोंगलाई दिइने समेत आँकलन भएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छापिएका थिए ।

किम १५ अप्रिलमा आफ्नो हजुरबुवा किम इल सुंगको जन्म जयन्ती समारोहमा उपस्थित नभएपछि उनको स्वास्थ्य अवस्थाका कारेमा विभिन्न् खबरहरु सम्प्रेषण भएका थिए ।

केहि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनी कोरोना भाइरसको महामारीका कारण जनमातबाट टाढा बसेको हुनसक्ने बताईएको छ ।

स्याटेलाइटबाट देखिएको थियो उनको ट्रेन

स्याटेलाइटबाट लिइएको एक फोटोमा किमको ट्रेन देखिएको थियो । ट्रेन पछिल्लो हप्ता दिनमा देशको पूर्वी तटमा रहेको बताइएको छ ।

उत्तर कोरिया सम्बन्धी मामिलाको अध्ययनमा विशेषज्ञता राख्ने वेबसाइट ३८ नर्थ ले उपग्रहबाट उक्त तस्वीर लिँदै सार्वजनिक गरेको थियो ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :

 

लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो

कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी

कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम

कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी

६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !

कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर

जापानमा काटिए आठ लाख फूल

कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि

उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम 

कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु

कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल

लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?