सवारी पास नभएकालाई नियन्त्रणमा लिँदै प्रहरी (फोटोफिचर)

काठमाडौं । कोरोना भाइरसको प्रकोप विश्वले अहिले झेलिरहेको छ । विश्वका प्रय सबै देशहरुमा अहिले लकडाउनको अवस्था छ । नेपालमा पनि कोरोना रोकथामका लागि सरकारले गत चैत ११ गतेबाट लकडाउनको घोषणा गरेको थियो ।

सरकारले सडकमा सेना, प्रहरी, पत्रकार तथा एम्बुलेन्स र अति आवस्यकिय सवारी साधन मात्र चल्न दिने व्यवस्था मिलाएको छ । तर धेरुे मानिसहरु लकडाउनको उल्लंघन गर्दै सवारी पास बिना नै सवारी चलाउन थालेका छन् ।  सवारी पास बिना नै सवारी चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो मात्रै काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ३ सय ९७ महिला सहित १३ सय २७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?