कोरोना प्रभावित ऋणीलाई २ प्रतिशत ब्याज छुट: राष्ट्र बैंक

काठमाडौं । कोरोना प्रभावित क्षेत्रका ऋणीको ब्याजदरमा २ प्रतिशत छुट दिन नेपाल राष्ट्र बैंकले बै‌ंक तथा वित्तीय स‌ंस्थाहरुलाई निर्देशन दिएको छ ।

साना तथा मझौला उद्यमहरुमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित १५ लाख रुपैयाँ सम्मको असल कर्जाको धितो सुरक्षणमा वार्षिक २ प्रतिशत व्याजदरमा पुनर्कर्जा सुविधा उपलब्ध गराइने उल्लेख गरिएको छ। यस्तो पुनकर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट ५ दशमलव ० प्रतिशत भन्दा बढी व्याज लिन पाउने छैनन् ।

सकुर्लर अनुसार खाद्यान्न प्रशोधन तथा बिक्री वितरण व्यवसायसँग सम्बन्धित, ग्यास उत्पादन तथा बिक्री वितरणसँग सम्बन्धित, सोप एण्ड केमिकल्स, औषधि बिक्री वितरणसँग सम्बन्धित उद्योग, इन्टरनेट सेवा प्रदायक, दूरसञ्चार सेवा प्रदायक, टेलिभिजन तथा प्रदायक, सुर्ती तथा मदीराजन्य उद्योग, सञ्चालनमा रहेका जलविद्युत परियोजनाहरुले पनि यो सुविधा पाउँदैनन्।

राष्ट्र बैंकले जारी गरेको सकुर्लर अनुसारव्याजदर प्रकाशन गर्दा कर्जा शीषक अनुसार आधारदरमा थप गरिने प्रिमियम दर स्पष्ट रुपमा उल्लेख गर्नु पर्नेछ । यस्तै, त्यसैगरी ऋणीले बैशाख र जेठ महिनाको किस्ता असार मसान्तमा बुझाउँदा जरिवाना शुल्क लिन नपाइने पनि उल्लेख गरिएको छ । यसका लागि कोरोना प्रभावित व्यवसायीले ऋण माग्दा ७ दिनभित्रै ऋण स्वीकृत गरिसक्नु परिपत्रमा उल्लेख गरिएको छ ।

होटल, रेष्टुरेन्ट, ट्रेकिङलगायतका पर्यटन क्षेत्र, हवाई उड्डयन तथा सार्वजनिक यातायात क्षेत्र र निर्यात उद्योगहरु राहत प्रदान छ ।

यद्यपी नेपालका उद्यमी ब्यबसायी हरुले यसको बिरोध गर्ने निश्चित छ, कोरोन को प्रभाब को परिभासा र लकडाउन अबधिको ब्याज छुट को मुदा उद्यमी ब्यबसायीले उठाउदै छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?