काठमाडौं । बलिउडका चर्चित अभिनेता इरफान खानको निधन भएको छ ।
बुधवार भारतको मुम्बईमा उनको निधन भएको हो । इरफानको मृत्युको खबर साम्ने आएपछि बलिउड शोकमा डुबेको छ। हर कोहि सामाजिक सञ्जालमा उनको मृत्युमाथि दुख व्यक्त गरिरहेका छन् । अभिनेता खानको मुम्बईको कोकिलाबन धीरुभाई अस्पतालमा बुधवार निधन भएको हो ।
Nothing can be more heartbreaking and tragic than the news of passing away of a dear friend, one of the finest actors and a wonderful human being #IrrfanKhan. Saddest day!! May his soul rest in peace. #OmShanti 🙏 pic.twitter.com/QSm05p7PfU
— Anupam Kher (@AnupamPKher) April 29, 2020
खानलाई मंगलवार पेटमा दुखेको भन्दै अस्पतालको आइसीयुमा राखेर उपचार गरिएको थियो ।
सोमवार मात्र उनकी आमा सईदा बेगमको मृत्यु भएको थियो । स्वास्थ्य समस्याका कारण उनी आमाको अन्तिम संस्कारमा समेत जान सकेका थिएनन् ।
T 3516 – .. just getting news of the passing of Irfaan Khan .. this is a most disturbing and sad news .. 🙏
An incredible talent .. a gracious colleague .. a prolific contributor to the World of Cinema .. left us too soon .. creating a huge vacuum ..
Prayers and duas 🙏— Amitabh Bachchan (@SrBachchan) April 29, 2020
उनकी आमा सईदाको ९५ वर्षको उमेरमा निधन भएको हो । ५३ वर्षीय अभिनेता इरफान खान लगभग दुई वर्षदेखि रोगसँग लडिरहेका थिए । रोग निको नभएको कारण उनी इंग्ल्याण्डमा समेत उपचार गराउन पुगेका थिए ।
https://twitter.com/ShoojitSircar/status/1255377784773410818?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1255377784773410818%7Ctwgr%5E&ref_url=https%3A%2F%2Fhindi.webdunia.com%2Fbollywood-gossip%2Firrfan-khan-death-in-mumbai-reactions-actors-politicians-120042900041_1.html%3Futm_source%3DEntertainment_HPutm_medium%3DSite_Internal
स्वास्थ्य अवस्था बिग्रिदै गएपछि उनी लामो समयदेखि फिल्म क्षेत्रमा देखिएका थिएनन् । हालै मात्र उनको फिल्म ‘अंग्रेजी मिडियम’ रिलिज भएको थियो । तर कोरोना भाइरसको महामारीका कारण फिल्म हलमा चलचित्र जम्मा २ दिन मात्र चलेको थियो ।
Our loss, heaven’s gain. #IrrfanKhan #RIP Thank you for all the magic you weaved on celluloid. Condolences to the family and loved ones.
— Riteish Deshmukh (@Riteishd) April 29, 2020
बलिउड उनको निधनले यसबेला शोकाकुल भएको छ । कलाकार, निर्देशक निर्माता तथा फिल्मकर्मी र उनका फ्यानहरुले सामाजिक सञ्जालमा उनको निधन प्रति दुख व्यक्त गरेका छन् ।
Gone too soon is the inspiration and the entertainment #IrrfanKhan a great loss to cinema and the craft .. may you rest in peace brother 🙏🏽 pic.twitter.com/ggyC2mBAyr
— Randeep Hooda (@RandeepHooda) April 29, 2020
धेरै लामो समयसम्म बलिउडमा आफ्नो छवि बनाउन लागि परेका अभिनेता खानको निधनले सारा बलिउड नै यस बेला शोक मग्न भएको छ ।
You will be missed … RIP #IrrfanKhan pic.twitter.com/2l2BLq1lwv
— John Abraham (@TheJohnAbraham) April 29, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया