जीवनको आधा बाटोमा अस्ताएका इरफान खान क्रिकेटका होनहार खेलाडी थिए

काठमाडौं । ‘अग्लो कद, भावुक अनुहार,ठूल्ठूला आँखा, छुट्टै प्रकारको संवाद, संवादलाई जता पनि मोड्न सक्ने खुबी, बोल्दा बोल्दै राँकिन सक्ने क्षमता, रमाईलो गराउन सक्ने क्षमता, अभिनयमा आवाजलाई मोड्न सक्ने खुबी, अनुहारमा संयम र शालीनताले भरिएको भाव’ यी चर्चित अभिनेता इरफान खानको विशेषता हुन् । तर निर्माता निर्देशक र दर्शकले इरफान खानको यो विशेषता बुझ्न धेरै समय लगाए । त्यसैले इरफानले आफ्नो करियर धेरै संघर्ष गरेपछ आफ्नो एक लय बनाए ।

त्योबाट उनलाई त फाइदा नै भयो, तर फिल्म, अभिनय र दर्शकलाई नै नोक्शान भयो किनभने बुधवार क्यानसरको उपचारका क्रममा मुम्बई कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा उनको निधन भयो ।

मात्र ५३ वर्षको उमेरमा उनी संसारबाट जीवनको तेश्रो प्रहरको शुरुवातबाटै बिदा भए । उनले संसारमा अझै धेरै दिन बाँकिरहेको थियो भन्दै बलिउड महानायक अमिताभ बच्चनले उनको निधन प्रति दुख व्यक्त गरेका छन् ।

इरफान अभिनेता मात्र होइनन्, एक क्रिकेट खेलाडी समेत हुन् । सीके नायडू टुर्नामेन्टमा उनी चुनिएका पनि थिए । तर फन्ड कम भएकै कारण टूर्नामेन्टमा उनले भाग लिन सकेनन् र क्रिकेटको संसारमा रमाउने उनको सपना अधुरै रह्यो ।

त्यसको भरपाई उनले अभिनयको बाटोमा लम्किएर पूरा गरे । एनएसडी छोडेपछि उनले सन् १९८८ मा सलाम बाम्बेबाट फिल्म जगतमा कदम राखेका थिए ।

उक्त फिल्मको माध्यमबाट उनले आफू ठूलो अभिनेता बन्न सक्छु भन्ने प्रमाणित गरेर देखाईदिए । तर १५ वर्षसम्म उनी आफ्नो छवि बनाउन संघर्षरत रहे ।

त्यस बीचमा फिल्मका अफर उनलाई नआएका भने होइनन्, तर उनी आफूलाई जति उचाईसम्म लान चाहान्थे त्यो फिल्म भने उनले पाउन सकेका थिएनन् ।

राम्रो फिल्म र आफूलाई सुहाउने फिल्म पाउनको लागि उनले १५ वर्षसम्मको लामो संघर्ष गर्नुपर्यो । समग्रमा भन्दा, उनले आफ्नो कद अनुसारको फिल्म पाएका थिएनन् । पहिलो फिल्मबाटै अभिनयको गतिलो प्रदर्शन गरेका खानले आफ्नो पहिचान अनुसारको फिल्म सन् २००३ मा रिलिज भएको मकबुलबाट मात्र पाएका थिए ।

यो फिल्ममा नसीरुद्दीन शाह, पंकज कपूर र ओमपुरी जस्ता चर्चित अभिनेताहरु पनि सहभागी भएका थिए । ति सबै महारथीहरुको बीचमा इरफानले आफ्नो छुट्टै छवि दर्शकमाझ ल्याउन सफल भए र आफ्नो गतिलो छाप छोडे । उक्त फिल्ममा उनको अभिनय हेर्दा दर्शकहरुको मन सहजै तान्छ ।

इरफान ओमपुरी र नसीरुद्दीन शाहको श्रेणीका अभिनेता थिए । उनीहरु दुबैले कला फिल्ममा नाम कमाएका थिए तर इरफानले कलाको साथसाथै कमर्शियलमा पनि त्यत्तिकै अहम भूमिका निर्वाह गरेका छन् ।

ऐश्वर्या राय, दीपिका पादूकोण र करीना कपूर खान जस्ता सुन्दर अभिनेत्रीहरुसँग उनले लिड रोलमा काम गरिसकेका छन् ।

इरफान त्यस्ता एक अभिनेता थिए, जो हरेक प्रकारका फिल्ममा फिट हुने गर्दथे । सायदै त्यस्ता कलाकार बलिउडमा छन्, जो हरेक चलचित्रमा फिट हुन सक्छन् । उनले बलिउडमा कला र कमर्शियलको दर्शकलाई लागेको भोक मेटाईदिए ।

उनको अभिनयमा एउटा जादु नै थियो भन्दा पनि फरक नपर्ला । केहि फिल्म त दर्शकले उनको अभिनय राम्रो भएकोले मात्र मन पराए ।

उनको अभिनय यस्तो हुन्थ्यो कि, उनको अभिनय देख्दा देख्दै मानिसहरु त्यसमै भुल्ने गर्दथे । उनी आफ्नो अभिनयले नै फिल्मलाई माथिसम्म पुर्याउँथे । उनी स्क्रिप्ट भन्दा पनि माथि उठेर अभिनय गर्दथे । लेखक तथा निर्देशकले नसोचेको अभिनय उनी चलचित्रमा गर्ने गर्दथे ।

पान सिंह तोमर, दृष्टि, हासिल, हिन्दी मिडियम, अंग्रेजी मिडियम, लञ्च बक्स, मकबूल, साहेब बेबी र ग्यांगस्टार, ह्यादर, पीकु जस्ता फिल्ममा उनले आफ्नो यथार्थतालाई पोखेका छन् ।

अंग्रेजी मिडियम नै उनको लागि जीवनको अन्तिम फिल्म भएको छ । लकडाउन हुनुभन्दा दुई दिन अगाडि हलमा आएको उनको फिल्म दर्शकले हेर्न नपाउँदै सरकारले कोरोना भाइरसको महामारीका कारण पूरा देश लकडाउन गरेपछि त्यत्तिकै बन्द भएको थियो ।

उनी नेपाललाई औधि मन पराउँदथे भन्ने कुरा उनको नेपाल भिजिट र यहाँ कैद भएका विभिन्न तस्वीरले पनि प्रस्ट्याउँदछ । जीवन्त अभिनय गर्ने उनलाई विश्वभर छरिएर रहेका नेपालीहरुले सामाजिक सञ्जालको माध्यमबाट श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :

चीनमाथि ट्रम्पको गम्भीर आरोप

कोरोना भाइरस : ट्रम्पको बयानले भड्कियो चीन, अमेरिकालाई दियो यस्तो जवाफ

चमेरोले नै कोरोना भाइरसबाट बचाउने वैज्ञानिकको दाबी

अमेरिकामा ६० लाख मानिसमाथि खतरा रहेको भन्दै वैज्ञानिकले दिए चेतावनी !

श्रीमतीले ‘बसेर मात्रै खान्छस्’ भनेपछि कुम्लोकुटुरो बोकेर निस्किए श्रीमान !

कोरोना संकटको बीच १९ हजार प्रतिघण्टाको रफ्तारमा पृथ्वीको नजिक आउँदै उल्कापिण्ड

रिसर्च : कुन-कुन कम्पनीले बनाईरहेका छन् कोरोना भाइरस विरुद्धको औषधि ?

उत्तर कोरियाका तानशाह किम जोंग उनको स्वास्थ्य अवस्थालाई लिएर आयो यस्तो खबर

कोरोना भाइरस सम्बन्धी फिल्म रिलिज (भिडियोसहित)

लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो

कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी

कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम

कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी

६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !

कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर

जापानमा काटिए आठ लाख फूल

कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि

उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम 

कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु

कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल

लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?