एमाले गुटगत राजनीति : सभामुखमा एकै पार्टीका दुई उम्मेदवार

काठमाडौं, २७ माघ । गुटगत राजनीतिका कारण नेकपा एमालेबाट प्रदेश ३ को सभामुखमा दुई जना उम्मेदवार बन्ने सम्भवाना बढेको छ ।सभामुखका लागि फागुन २ गते हुने निर्वाचनमा एमालेबाट दुई जना चुनावी मैदानमा भिड्ने देखिएको हो । सभामुखका लागि केपी ओली र माधव नेपाल पक्षले अलग अलग उम्मेदवार बनाउने तयारी गरेको हो ओली समूहले सानु श्रेष्ठलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ भने माधव नेपाल समूहले भक्तपुरका राजेन्द्रमान श्रेष्ठलाई सभामुमा अघि सार्ने तयारी गरेको छ प्रदेश ३ को संसदीय दलको नेताका लागि भएको निर्वाचनमा माधव नेपाल पक्षकी नेतृ तथा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पराजित भएपछि सो समूहले सभामुख आफ्नो पक्षलाई दिन माग गरेको थियो प्रदेश ३ को संसदीय दलको नेतामा ओली पक्षका डोरमणि पौडेल निर्वाचित भएका छन् । सानु श्रेष्ठलाई सभामुख बनाउने गरी पौडेललाई संसदीय दलको नेता बनाइएको बताइएको छ एमालेले प्रदेश ३ मा मुख्यमन्त्री र सभामुख २ वटै पद पाएको छ भने माओवादी केन्द्रले उपसभामुख पाएको छ । जसमा पूर्वराज्यमन्त्री राधिका तामाङको नाम चर्चामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?