९ वर्षदेखि भ्यागुतालाई जोडी खोज्दा पनि नभेटिएपछि…

एजेन्सी, २७ माघ । बोलिभियाका संरक्षणवादीहरू एउटा निःसन्तान भाले भ्यागुताका लागि ९ वर्षदेखि जोडी खोजिरहेका छन् पानीमा पाइने सेवनकास प्रजातिको १० वर्षीया रोमियो नाम भ्यागुताका लागि लामो समयदेखि जोडी खोज्दा समेत नभेटिएपछि सो भ्यागुतो आफ्नो प्रजातिको अन्तिम हुन सक्ने संरक्षणवादीको चिन्ता छ जोडी खोज्न सघाउने एउटा वेबसाइटले पनि सो भ्यागुताको ‘प्रोफाइल’ तयार पारेर त्यसले ‘आफ्नी जुलियटको खोजी गरिरहेको’ भनेर उल्लेख गरेको छ वैज्ञानिकहरूले अहिले खोला तथा नदीमा रोमियोका लागि एउटा पोथी भ्यागुतोको खोजी गरिरहेका छन्, जोसँग त्यसको समागम गराएर बच्चा जन्माउन सकियोस् संरक्षणवादी आर्टुरो मुनोजले आफूहरु सो प्रजातिको भ्यागुताको संरक्षणका लागि तयार रहेको र जोडी भेटिनेमा आशावादी रहेको बताएका छन् उनले भनेका छन्, ‘त्यो भ्यागुताको प्रजाति अन्यत्र छ भन्ने आशा हामी गरिरहन्छौँ ताकि यो प्रजातिलाई जोगाउन बच्चा जन्माउने एउटा कार्यक्रम हामीले थाल्न सकौँ ।’तर संरक्षणवादीहरूले जोडी छिट्टै भेटाउनु पर्ने हुन्छ । किनकि सेवेनकास प्रजातिको भ्यागुता १५ वर्षभन्दा बढी बाँच्दैनन् त्यसको अर्थ हो हाल ‘कोचबाम्ब नेचुरल हिस्ट्री म्युजियम’ स्थित एउटा ट्यांकमा बसिरहेको रोमियोसँग आफ्नो प्रजाति जोगाउनका निम्ति अब करिब पाँच वर्ष बाँकी छ प्रणय दिवसअघि १५ हजार डलर संकलन गर्ने एउटा अभियान अन्तर्गत जोडी खोज्न सघाउने म्याच नामक वेबसाइटले रोमियोको एउटा तस्वीर र आवश्यक जानकारीसहितको विवरण राखेको छ प्रोफाइलमा भनिएको छ, ‘यसलाई विशेष रूपमा शुरू गर्न खोजेको होइन । तर म साँच्चै नै आफ्नो प्रजातिको अन्तिम जीव हुँ ।’‘म एक्लै बस्न रूचाउँछु र आफू वरिपरिको पानी नियाल्दै रातहरू आफ्नो वासस्थानमा बिताउँछु ।’प्रोफाइलमा थप लेखिएको छ, ‘मलाई म जस्तै अर्को सेवेनकास चाहिएको छ । नत्र तपाईहरूलाई थाहै छ मेरो अस्तित्व नै सकिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?