महान चाणक्यका यी ६ कुरा पढेपछि जान्नुहुनेछ विश्व जित्ने कला

काठमाडौं । महान गुरु चाणक्यको बारेमा त हाी सबेलाई थाहा नै छ । तक्षशिलाका आचार्य चाणक्य महान सम्राट चन्द्रगुप्त मौर्यका गुरु थिए ।

उनी महान कुटनितीज्ञ, राजनीतिज्ञ तथा अर्थशास्त्रका ज्ञाता थिए । आज हामी तपाईलाई महान चाणक्यका विश्व जित्न सक्ने ६ कुराहरुको बारेमा जानकारी दिनेछौँ ।

१. मिहेनत गरेपछि दरिद्रता मेटिन्छ । धर्म गरेपछि पाप मेटिन्छ । मौन रहँदा झगडा हुँदैन र ब्युँझिरहँदा डर हुँदैन ।

२. संसार एक वृक्ष हो, जसका दुई फल मिठा हुन्छन् । एउटा मधुर वाणी र अर्काे सज्जनको संगति ।

३. व्राह्मणको बल भनेकै विद्या हो । राजाको बल उनीहरुको सेना हो । वैश्यहरुको बल धन हो भने, शुद्रहरुको बल सेवा गर्नु हो । व्राह्मणको कर्तव्य विद्या ग्रहण गर्नु हो, राजाको कर्तव्य सेनाद्वारा आफ्नो बल बढाउनु हो, वैश्यहरुको कर्तव्यव्यापारले धन बढाउँदै जानु हो भने शुद्रको कर्तव्य श्रेष्ठ मानिसको सेवा गर्नु हो ।

४. जसको छोरो पिताको नियन्त्रणमा रहन्छ, जसको श्रीमती श्रीमानको आज्ञानुसार चल्छिन् र जो मानिस आफूले कमाएको धनमा सन्तुष्ट रहन्छ, त्यस्तो मानिसका लागि यो संसारनै स्वर्ग हो ।

५. जसको सन्तानले आफ्नो आज्ञाको पालना गर्दछ, पिताको कर्तव्य नै पुत्रको पालन पोषण गर्नु हो ।त्यस्तै प्रकारले त्यस्तो व्यक्तिलाई विश्वास गर्न सकिँदैन जसमाथि पूर्ण विश्वास गर्न सकिँदैन । र त्यस्तो प्रकारको श्रीमती व्यर्थ छ जसबाट कुनै पनि सुख प्राप्त हुँदैन ।

६. जुन साथीले तपाईको अगाडि चिप्लो घस्छ त्यसले पिठ्युँ पछाडिबाट तपाईको काम बिगार्दछ । त्यसैले त्यस्तो साथी त्याग्नु नै उचित हुन्छ । त्यस्तो मित्र जुठो भाँडो जस्तै हुने चाणक्य बताउँछन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?