हेर्नुहोस् २०७७ साल वैशाख १९ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ वैशाख १९ गते । शुक्रवार । इ.स.२०२० मे ०१ तारिक । शकसंवत् १९४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । ने.सं. ११४० चौलागा ।

वैशाख शुक्लपक्ष । तिथी– अष्टमी,०८ बजेर ४९ मिनेट उप्रान्त नवमी । नक्षत्र– अष्लेषा,२० बजेर ५८ मिनेट उप्रान्त मघा । योग– गंड,१४ बजेर २० मिनेट उप्रान्त वृद्धि ।

करण– बव,०८ बजेर ४९ मिनेट उप्रान्त वालव,१९ बजेर ५७ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मृत्यु योग । चन्द्रराशि–कर्कट,२० बजेर ५८ मिनेट उप्रान्त सिंह ।

काठमाडौंमा सूर्योदय ६ बजेर २६ मिनेटमा, सूर्यास्त १८ बजेर ३६ मिनेटमा । दिनमान ३२ घडी ५५ पला । अष्टमी व्रत। गोरखकाली पूजा। श्रीपशुपतिनाथमा दमनार्पण। श्रमिक दिवस।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

राजनीति तथा समाजसेवामा समय लगानि गर्दै हुनुहुन्छ भने जनताको काम गर्न नसक्दा आलोचना सुन्नुपर्नेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ ।

प्रेममा आजको दिन नजिक नहुँदा नै राम्रो हुनेछ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

न्यायालयसँग सम्बन्धीत कामहरु थाति राख्नुहोला । बन्धुबान्धब हरुसँग मनमुटाव सिर्जना हुनेछ भने सैद्धान्तिक राय बाजिनेछ ।

समय मध्यम रहेकोले चोटपटक लाग्ने तथा स्वास्थ्यमा समस्या देखापर्नेछ । पढ्ने लेख्ने काममा मन नजानाले अरुभन्दा पछि परिनछ । यात्रा भरसक नगर्नुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आफ्ना भनाईहरु जनमानसमा लैजान सकिने तथा बोलेरै धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बका साथ रमाईलो गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

प्रेममा रमाउने चाहनेहरुका लागि समय फलदायी रहनेछ । बाहिरी वातावरण र सरसफाईमा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

अवसरहरुको सदुपयोग गर्दै राम्रा तथा उपलब्धी मुलक कामहरु गर्न सकिनेछ । राजनीतिमा समय लगानी गर्नेहरुले पद पाउने तथा ईज्जत प्रतिष्ठा जोड्न सक्नेछन् ।

पढाई लेखाईमा मन जानेछ । प्रणय सम्बन्ध थप बलियो बन्नेछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । खर्च बढे पनि उपलब्धी मुलक कामहरु हुनेछन् ।

काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको व्यापारमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

स्वअध्ययनले पढाई लेखाईमा उत्कृष्ट अंक ल्याउँदै अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । भौतिक सम्पत्ती हात लागि हुने योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

सरकारी ओहोदामा बसेर सेवा प्रवाह गर्नेहरुले दुख दिन सक्छन् । व्यापार व्यवसायमा मन्दि आउने तथा घाटा लाग्नेछ । पढ्न लेख्नमा मन नजाने हुनाले अरुभन्दा पछि पर्ने अधिक सम्भावना रहेको छ ।

पारिवारिक सम्बन्धमा चिसोपनको महशुस हुनेछ भने आफन्तहरुसँग मनमुटाव बढ्नेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

धर्म तथा अध्यात्ममा मन जानेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

माया प्रेममा नजिक भई आफ्ना मनका कुरा साटासाट गर्न सकिनेछ । राजनीति तथा सामाजिक काममा रुचि बढ्नेछ । तरपनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यवसायमा लगानी गरेपनि समयमा प्रतिफल प्राप्त नहुँदा आर्थिक संकटको सामना गर्नुपर्ला । आम्दानीको तुलनामा खर्च धेरै हुनाले दैनिकी प्रभावित हुनेछ ।

नचाहाँदा नचाहाँदै तपाईको बोलिले अरुको मन दुख्नेछ । सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घटनाहरु घट्न सक्छ ।

पढाई लेखाईमा समय दिए पनि भनेजस्तो नतिजा आउने छैन । मनमा एक किसिमको निरासापनको विकास हुने योग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

भौतिक स्रोेत साधनको प्रयोग मार्फत व्यक्तित्वलाई निखार्ने अवसर प्राप्त हुनेछ । साथीभाई तथा प्रेमीकाको सहयोग पाईनाले मन प्रशन्न रहनेछ ।

पढाई लेखाईमा उत्कृष्ट नतिजाको साथ अग्र स्थानमा तपाईको नाम आउनेछ । तरपनि खानपान तथा सरसफाईमा ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पढाई लेखाईमा प्रतिस्पर्धिहरु नै हावी हुनेछन् । स्वास्थ्यमा आउने समस्याले खर्च बढ्ने योग रहेको छ । आफन्त तथा मावलीसँग सैद्धान्तिक राय बाजिनेछ ।

काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

शुभचिन्तक तथा आफन्तको साथ सहयोगले उपलब्धी मुलक कामहरु गर्न सकिनेछ । वौद्धिकताको प्रयोग मार्फत चेतनाको स्तर उकास्न सकिनेछ ।

माया प्रेमको गाँठो सकिनेछ । सन्तान तथा छोराछोरीको साथ समय व्यतित गर्न सकिनेछ भने वंश वृद्धिको गतिलो योग रहेको छ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?