काठमाडौं । लकडाउन अबधिभर शहरी क्षेत्रका घरभाडामा बस्ने भाडावालासँग घरभाडा नमाग्न सबै घरधनीलाई सरकारले आग्रह गरेको छ ।
गत बैशाख १४ गते बसेको मन्त्रीपरिषद्को बैठक बिहीबार सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले घरधनीहरुलाई घरभाडा नमाग्न आग्रह गरेका हुन् ।
विपतको बेला आर्थिक आयस्रोत गुमाएका कारण आर्थिक अभाव हुने भएकाले भाडावालाहरुसँग घरभाडा नमाग्न घरधनीहरुलाई आग्रह गरिएको खतिवडाले बताए ।
यतिबेला कोरोनाको सुरक्षार्थ देश लकडाउनको अवस्थामा रहेको छ । जसको कारण उद्योग धन्दा कलकारखाना लगायत सबै बन्द रहेको छ ।
यहि विषम परिस्थितिसँग जुधिरहेको सर्वसाधारण देखि उद्योग व्यवसायीहरुलाई समेत सम्बोधन गर्नेगरी आर्थिक प्याकेज ल्याएको सरकारले विभिन्न क्षेत्रमा काम गर्ने संगठित श्रमिकहरुलाई लकडाउन अवधिभर भाडा नमाग्न र पछि वातावरण सहज भएपछि माग्न अनुरोध खतिवडाले पत्रकार सम्मेलनमा बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया