गगन अयडी धनगढी, माग २७–स्थानीय तहको निर्वाचनका क्रममा विकासका विभिन्न आश्वासन दिएका जनप्रतिनिधिले बाटो ग्राभेलमा समेत विभेद गरेको धनगढी उपमहानगरपालिका १६ रामपुरका स्थानीयले गुनासो गरेका छन् स्थानीयले अन्य क्षेत्रमा ग्राभेल भएपनि आफ्नो क्षेत्रमा उपमहानगरपालिकाले ग्राभेल नदिएका कारण उपमहानगरपालिका भित्र बसे जस्तो अनुभव नभएको स्थानीयको गुनासो छ वडाकै अन्य क्षेत्रमा बाटो ग्राभेल भएपनि आफ्नो बस्तीको सडकमा ग्राभेल पुग्न नसकेको भन्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १६ रामपुरबासीले सडकमा पनि विभेद गरेको गुनासो गरेका हुन् स्थानीय तहको निर्वाचनका बेला आश्वासन मात्र दिइएको तर निर्वाचीत भइसकेपछि जनप्रतिनिधिले विभेद गरेको स्थानीय प्रेमबहादुर बमले गुनासो गरे रामपुरमा नै पर्ने बेहडाबाबा क्षेत्रको विकासका लागि सडक अनिर्वाय रहेको उनीहरुले बताएका छन् । पानी परेको समयमा हिलाम्य हुने उक्त सडक अहिले धुलाम्य छ । धुलाम्य रहेको सडकमा चा“डो उपमहानगरपालिकाले ग्राभेलको व्यवस्था गर्नुपर्ने माग स्थानीयहरुको छ स्थानीयले गुनासो गरेपछि धनगढी उपमहानगरपालिकाले चा“डै सो क्षेत्रमा ग्राभेल गर्ने बताएको छ । अन्य क्षेत्रमा ग्राभेल भएको र गौरीगंगा नगरपालिकासंग जोडिएको सो क्षेत्रको चाडै ग्राभेल गर्ने धनगढी उपमहानगरपालिका नगर प्रमुख नृपबहादुर वडले बताए उनले वडा नम्बर १६ यो समस्या पहिले देखिनै आइरहेको हु“दा तत्कालै ग्राभेल गरेर समस्या समाधान गरिने प्रतिबद्धता जनाए स्थानीयबासीले बस्तीको आवश्यकता, समस्या र प्राथमिकताका आधारमा सडक निर्माणका कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् यसतर्फ ध्यान दि“दै कसैलाई काखा र कसैलाई पाखा नगरेर विकास निर्माणका कामलाई अगाडि बढाउनुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया