मुक्त कमलरीलाई फागुनदेखि परिचय पत्र दिइने

गगन अयडी धनगढी, माग २७–कैलालीका मुक्त कमलरीलाई भूमिसुधार कार्यालयले फागुनदेखि परिचय पत्र दिइने भएको छ । मुक्त कमलरीलाई चिनारी दिन र सरकारबाट उपलब्ध सेवासुविधा दिका लागि परिचय पत्र दिन लागिएको हो कमलरी लाई परिचय पत्र वितरणका लागि अहिले भूभिसुधार कार्यालयले फारामहरु संकलन गरिरहेको छ हाल जिल्लामा २ हजार ७ सय ६८ जना मुक्त कमलरी रहेका छन् । तर मुक्त कमलरीलाई चिनारी दिने कुनै प्रमाण नभएपछि सरकारले आगामी फागुनदेखि परिचयपत्र दिने भएको छ सरकारबाट दिइने सेवा सुविधा र चिनारी दिनका लागि भूमिसुधार कार्यालयले परिचय पत्र वितरणका लागि अहिले फाराम संकलनको काम गरिरहेको छ । अहिले जिल्लाका विभिन्न स्थानीय तहबाट फाराम संकलनको काम जारी रहेको भूमि सुधार कार्यालयका भूमिसुधार अधिकृत लोेकराज जोशीले जानकारी दिए जिल्लाका १३ वटा स्थानीय तहहरुमध्ये ११ वटा स्थानीय तहमा मुक्त कमलरी छन् । जसमध्ये सबैभन्दा बढी टीकापुरमा ४ सय ९० र सबैभन्दा कम गोदावरी नगरपालिकामा १ सय चार जना मुक्तकमलरी हरु छन् भूमि सुधार अधिकृत जोशीकाअनुसार परिचय पत्रका लागि फाराम भर्न नागरिकता जन्मदर्ता र वडा कार्यालयको सिफारिसका आधारमा माघ मसान्तसम्म फाराम भर्न सकिने छ । माघ १ गतेदेखि मुक्त कमलरी हरुको फाराम संकलन गर्न सुरु गरेको भूमिसुधार कार्यालयले फागुन १ गते देखि ११ वटै स्थानीय तह मार्फत परिचय पत्र वितरण गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?