काठमाडौं । चीनमा बिना लक्षणका कोरोना भाइरस संक्रमितको संख्या ९८१ पुगेको छ । त्यसमध्ये ६३१ जना हुबेई प्रान्तको राजधानी वुहानका रहेका छन् ।
कोरोना भाइरसको उद्गमस्थल चीनको वुहान शहर रहेको छ । चीन सरकारले मजदूर दिवसको अवसरमा ५ दिनको बिदा दिएको छ । उक्त बिदामा कोरोना भाइरसको खतरालाई मध्यनजर गर्दै सरकारले सतर्कता बढाईदिएको छ ।
चीनमा कोरोना भाइरसको महामारी घट्दै गएपछि पूरा देशमा लकडाउन हटाउनुका साथै अन्य गतिविधिहरु पनि सामान्य बनाउँदै गएको छ । तर अझै पनि बिना लक्षणका घटना देखिएपछि चीनमा चिन्ता बढ्न थालेको छ ।
कोरोना भाइरस संक्रमण उनीहरुमा देखिएपनि बिना कुनै लक्षण नदेखिनु चिन्ताको विषय बनेको चीनका वैज्ञानिकहरुले बताएका छन् ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले शुक्रवार देशमा बिना लक्षणका संक्रमित २५ जना थपिएको बताएको छ । २५ नयाँ संक्रमित थपिएकसँगै चीनमा बिना लक्षणका कोरोना संक्रमितको संख्या ९८१ पुगेको छ ।
त्यसमध्ये ११५ जना विदेशी रहेका छन् । हुबेई प्रान्तको स्वास्थ्य आयोगले पछिल्लो २७ दिनमा कोरोना भाइरसको कुनै नयाँ केस साम्ने नआएको बताएपनि राज्य तथा राजधानी वुहानमा ६३१ जना बिना लक्षणका कोरोना संक्रमित रहेको बताइएको छ ।
उनीहरुलाई चिकित्सकको निगरानीमा राखिएको छ । एनएचसीका अनुसार चीनमा कोरोना भाइरसका ८२ हजार ८७४ जना संक्रमित रहेका छन् जसमध्ये ५९९ जनाको उपचार भईरहेको छ ।
साथै स्वस्थ भएपछि ७७ हजार ६४२ जनालाई अस्पतालबाट घर फर्काइएको छ ।
चीनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ६३३ जनाले ज्यान गुमाएका छन् भने आज मात्रै छिमेकी देश चीनमा १२ जना नयाँ संक्रमित थपिएका छन् ।
एजेन्सीको सहयोगमा
यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :
२० दिन यता देखिएका छैनन् उत्तर कोरियाका नेता किम जोंग उन
लगातार एक पछि अर्को संकट, वैज्ञानिकले दिए चेतावनी !
कोरोना भाइरस चीनबाटै लिक भएको मसँग प्रमाण छ : अमेरिकी राष्ट्रपति
कोरोना भाइरस सुँघेर पत्ता लगाउन जनावरलाई ‘ट्रेनिङ’
कोरोना संक्रमित पुरुषलाई महिलाको ‘सेक्स हर्मोन’ले बचाउन सक्ने
कोरोनाबारे वैज्ञानिकको नयाँ खुलासा !
दुर्लभ खगोलीय दृश्य : पृथ्वीको नजिकैबाट यसरी गयो उल्कापिण्ड (भिडियोसहित)
अमेरिकाका ४ राज्यमा अर्को संकट, ‘एनडब्ल्युएस’ले दियो चेतावनी
जीवनको आधा बाटोमा अस्ताएका इरफान खान क्रिकेटका होनहार खेलाडी थिए
‘फलो’ गरेको केहि दिनमै ह्वाईट हाउसले गर्यो मोदीलाई ‘अनफलो’
कोरोना भाइरस : ट्रम्पको बयानले भड्कियो चीन, अमेरिकालाई दियो यस्तो जवाफ
चमेरोले नै कोरोना भाइरसबाट बचाउने वैज्ञानिकको दाबी
अमेरिकामा ६० लाख मानिसमाथि खतरा रहेको भन्दै वैज्ञानिकले दिए चेतावनी !
श्रीमतीले ‘बसेर मात्रै खान्छस्’ भनेपछि कुम्लोकुटुरो बोकेर निस्किए श्रीमान !
कोरोना संकटको बीच १९ हजार प्रतिघण्टाको रफ्तारमा पृथ्वीको नजिक आउँदै उल्कापिण्ड
रिसर्च : कुन-कुन कम्पनीले बनाईरहेका छन् कोरोना भाइरस विरुद्धको औषधि ?
उत्तर कोरियाका तानशाह किम जोंग उनको स्वास्थ्य अवस्थालाई लिएर आयो यस्तो खबर
कोरोना भाइरस सम्बन्धी फिल्म रिलिज (भिडियोसहित)
लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो
कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी
कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम
कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी
६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !
कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर
कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि
उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम
कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु
कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल
लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया