उत्तर कोरियामा पश्चिमले देखेको रमिता

काठमाडौं – फेरि एकपटक उत्तर कोरियाको कम्युनिस्ट सरकार यतिखेर अखबारका शीर्षकमा उठेर आइरहेको छ । (यतिखेर चाहिँ उसका सर्बोच्च शासक किम जोङ् उन्को मृत्यु भएको भन्ने हल्लाले र विश्व कोरोना महामारीबाट हायलकायल भएको बेला उ. कोरिया भने एकपछि अर्को क्षेप्यास्र परीक्षण गरिरहेको समाचारले– चमगौ)

अमेरिकी स्टेट डिपार्टमेण्टका लागि, कम से कम एक पुस्ता अगाडि नै सकिएको ठानिएको मामिला दिग्दारी बल्झिए झैँ लाग्दैछ ।
नामुद राजनीतिक–अर्थशास्त्री निकोलस इबरस्टाडद्वारा द वाल स्ट्रिट जर्नलमा लिखित उत्तर कोरिया “समाप्त हुनलागेको” शीर्षकको लेख प्रकाशित भएको पनि २० वर्षभन्दा बढी भइसक्यो । आफ्नो भविष्यवाणी असत्य सावित भए पनि पछुतो

नलागेका इबरस्टाडले १९९९ मा आएर एउटा पुस्तक निकाले, ‘उत्तर कोरियाको समाप्ति’ (The End of North Korea) कतिपयले यसबारे विवाद पनि गरे । उत्तर कोरियाका दुई संरक्षक रसिया र चीनले साम्यवाद त्यागेका थिए र (उत्तर कोरियालाई) दिँदैआएको सहायता कार्यक्रमहरू पनि घटाए ।
यति भए पनि उत्तर कोरिया टिकिरहेको छ । ६ वर्षअघि हनोईमा भएको आसियानको क्षेत्रीय भेलामा (तत्कालिन अमेरिकी विदेशमन्त्री) हिलारी क्लिण्टन के तर्क गरिन् भने त्यही वर्षको मार्चमा दक्षिण कोरियाको सैनिक जहाज ‘चेओनान्’माथि भएको आक्रमण (डुबाइदिएको काण्ड) प्योङयाङको खतरनाक ब्यवहारको अभियानको एउटा हिस्सा हो । उत्तर कोरियाले आफ्नो ब्यवहारमा परिवर्तन नल्याएसम्म कोरियाली प्रायःद्विपमा शान्ति आउन सक्दैन, उनले भनिन् ।

परन्तु, परिवर्तन उत्तर कोरियाली राजनीतिको विशेषता होइन । आजकाल ऊ जे भन्दैछ, १९९० र २००० मा भनेजस्तो ध्वनी नै सुनिँदैछ— ‘प्रजातान्त्रिक जनगणतन्त्र कोरिया बिसौँ शताब्दीको पवित्र अंश हो, र राष्ट्रहरूवीच एक ऐतिहासिक गौरब……’इत्यादि ।

दैत्यको ब्यवहार भए ता पनि उसले आफूलाई सफल भएको दावी गर्दैआएको छ ।

उसले उत्तर कोरियालीहरूलाई गाँस र बास दिन सकिरहेको छैन, तथापि कम्युनिष्ट शासनको लम्बाईले दुनियाका सबै सर्वसत्तावादी राज्यलाई उछिनेको छ ।

स्तालिनले २९ वर्ष शासन चलाए, माओले २७ वर्ष, हिटलरले १२ वर्ष । उत्तर कोरियामा किम इल–सङ् र उनका छोरा किम जोङ्–इलको एकछत्र शासनको दुस्साध्य ७० वर्ष पुगेकोछ । शासक छान्ने तरिकामा वंशवादी परम्परा बनाएर किम जोङ्–इल पछि उनका साहिँलो छोरा किम जोङ्–उन्को पालो आएको हो । एउटा परिवारले अतिवादी दुष्टतालाई स्थायित्व दिने आफ्नै विशेष तरिका स्थापित गरेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्प यस्तो परम्परासँग ब्यवहार गर्ने बाह्रौँ अमेरिकी राष्ट्रपति भएका छन् ।

आपैmँलाई सर्वथा अति गुप्त अवस्थामा राखेर, आफ्ना नागरिक (रैती) ले परायासँग बोलचाल ग-यो भने पनि दण्ड सँजाय दिइने कुरा राष्ट्रहरूका वीच कहिँ कतै नजानिएको पक्ष हो ।

लस्एन्जेल्स् टाइम्स्की संवाददाताका रूपमा सिउलमा पाँचवर्ष विताएकी बार्बरा डेमिकले उत्तर कोरियाको छःपटक भ्रमण गर्दा धेरै कुरा पत्ता लगाएकी रहिछन् । त्यो मुलुकको भ्रमणमा जाँदा त्यहाँका सरकारी अपराधी (दादा) हरूले उनको पिछा गरेर सर्वसाधारण नागरिकसँग एक शब्द समेत बोल्न दिँदैनथे ।

यस्तो भएपछि दक्षिण कोरिया फर्केर तिनले उत्तरबाट आएका शरणार्थीको अध्ययन गर्न थालिन् ।

परिणामस्वरूप, बेलायतबाट प्रकाशित भएको “द्वेष लिनुछैन : उत्तर कोरियाको सामान्य जनजीवन” (Nothing to Envy : Ordinary Lives in North Korea) नामक सर्वोत्कृष्ट ठहराइएको उनको आख्यान पुस्तकले जोहन्सन पुरस्कार पायो । मैले पढेका किताबमध्ये यसले उत्तर कोरियाली जनजीवनको साह्रै जीवन्त विवरण दिएर पत्रकारिता ब्यवसायको अद्भुत कार्यसम्पादनको उदाहरण प्रस्तुत गरेको छ । डेमिकले छःजना उत्तर कोरियाली तथा तिनका परिवारको सत्यकथालाई समेटेकी छन् यस्तो इतिहास कि राज्यले आफ्ना नागरिकहरूलाई कसरी दुनियाबाट अलगथलग तथा दमनमा राखिरहेको छ ।
लेखिका सावधानी तथा विचारपूर्वक कहालीलाग्दो जनजीवनतिर पाठकलाई लैजान्छिन् ।

बाल केन्द्र (किन्डरगार्टेन) की एक शिक्षिका आफ्ना भोगाई बताउँछिन् कि उनको कामको सबैभन्दा कठोर पक्ष भनेको आपूmले हेरविचार गरिरहेका बच्चा खान नपाएर जब आँखै अगाडि मर्दछन् । एकजना बालरोग विशेषज्ञ आफ्ना विमारीबारे यस्तै तर झन् कहालीलाग्दो विवरण बताउँछन् ।

तैपनि बाँच्नपाएका धेरैजसोले, आफ्नो शासनबाट जे प्रचार भएको हुन्छ त्यसैलाई पत्याइरहेका थिए । उनीहरूलाई झुटो कुराले फुस्ल्याइरहेको हुन्छ । उदाहरणका लागि, दक्षिण कोरिया भयावह रूपले बञ्चितीकरणमा परेको छ । यस्तो प्रचारको एउटा कारण केटाकेटीहरू यस्ताखाले बोलका गीत गाएर शुरू गर्छन्— “हामीले संसारमा इष्र्या गर्नुपर्ने केही छैन….।”

उत्तर कोरियाली शरणार्थीहरूले विवरण दिएका छन्, पब्लिक स्टाण्डर्ड पुलिस मानिसका घरघरमा पसेर के यकिन गर्नेगर्दछ भने राज्यबाट दिइएका शिशामा सजाइएका किम इल–सङ् छोरा किम जोङ्–इल र बहालवाला शासक किम जोङ् उनका फोटाहरू सफासँग टाँगिएको छ वा छैन । प्रत्येक घरलाई फोटासँगै तिनलाई सफा गर्ने रूमाल पनि दिइएको हुन्छ । डेमिकले आफ्नो किताबमा कक्षा एकका बच्चाको गणितको अध्यायमा यस्ता सवाल भएको उदाहरण उल्लेख गरेकी छन्, “आठ बालक र नौ बालिका किम इल–सङ्को गुणगान गाइरहेका छन् भने जम्मा कति बालबालिका गाना गाइरहेका छन् ?”

किम इल–सङ्, जसका काका कम्युनिष्ट शासनभन्दा अघि क्रिश्चियन मन्त्री थिए, तर किमले बाइबलमाथि प्रतिबन्ध लगाए, गीर्जाघरहरूमा ताल्चा लगाईदिए र आफैँले देवत्व अपनाए । सरकारी समाचारपत्रहरू उनैका दैवी चमत्कारको विवरण दिन्छन् । जस्तो, कि उथलपुथलकारी समुद्री लहर एकाएक शान्त भएको थियो, जब नाविकले किमको स्तुतीगान गरेका थिए ।

जब उनी असैनिक क्षेत्रमा आयोजित एउटा बैठकमा सरिक भए, रहस्यात्मक कुहिरो धेरै तल आयो ता कि लुकेर गोली हान्ने दक्षिण कोरियालीले उहाँको सम्भावित हत्या गर्न नसकुन् । उनको छोरा किम जोङ्–इलको जन्मका बेला आकाशमा देदीप्यमान ताराले आकाशलाई नै झलमल्ल बनाएको थियो ।

अनेकौँ खरा र सुनियोजित पं्रचारवाजीले ब्रेन वाश गर्ने काम शासनका अङ्ग भएका छन् । डेमिकका देखिजान्नेहरूले बताएअनुसार धेरै उत्तर कोरियालीहरूले किम इल–सङ्को देवत्व प्रचारवाजीलाई अँगालेका छन् ।

सन् १९९४ मा किम ८२ वर्षको उमेरमा मर्दा उनीहरू आश्चर्यचकित र झल्याँस्स भए । डेमिकले अन्तर्वार्ता गरेका एक युवाले भागेर दक्षिण कोरियामा आएपछि मात्र जर्ज अर्वेलको उपन्यास ‘१९८४’ पढ्न पाएका थिए ।

१९४० को दशकमै लेखिएको अर्वेलको सो उपन्यासले उतिबेलै आजको उत्तर कोरियाली शासनको सोचाई बुझेको पाएर ऊनी निकै आश्चर्यचकित भएका थिए । (नेशनल पोष्ट मा मुद्रित लेखको स्वतन्त्र अनुवाद)
रोबर्ट फुलफर्ड ©
अनुवादक : चन्द्रमणि गौतम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?